इन्जिनियर यादव ६.७ लाख घुससहित रंगेहात पक्राउ

इन्जिनियर यादव ६.७ लाख घुससहित रंगेहात पक्राउ

काठमाडौ ।सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख ७० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ।

खोटाङमा निर्माणाधीन सडकको पाँचौं र छैटौं रनिङ बिल भुक्तानी मिलाइदिने भन्दै सेवाग्राहीसँग पटक–पटक घुस मागेको उजुरीका आधारमा अनुसन्धान गर्दा यादवले २०७९ फागुन ८ गते १ लाख र २०८२ जेठ १ गते ५ लाख ७० हजार गरी कुल ६ लाख ७० हजार घुस लिएको प्रमाणित भएको अख्तियारले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र बिगो बराबर जरिवाना मागदाबी गर्दै यादवविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

संवैधानिक पदाधिकारीलाई काम गर्न रोक लगाउन सर्वोच्चमा निवेदन
8 महिना अगाडि

काठमाडौं, असार २०–अख्तियार प्रमुख प्रेमकुमार राईसहित ३२ संवैधानिक पदाधिकारीलाई तत्काल काम गर्न ...

छुटाउनुभयो कि ?

TOP