काठमाडौं, जेठ १२ – टोखा नगरपालिकाको सहकार्यमा रेड मिडियाले आयोजना गरिएको नौ दिने एडभान्स पत्रकारिता तालिम सफलतापूर्वक सम्पन्न भएको छ। टोखा–११ स्थित कार्यक्रम स्थलमा आयोजित तालिममा स्थानीय तहका २५ जना उत्साही युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
समापन समारोहका प्रमुख अतिथि तथा टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै पत्रकारिता यात्रामा सफलताको शुभकामना व्यक्त गरे। उनले भने, “यस्ता तालिमहरूले युवामा सशक्त अभिव्यक्ति, जिम्मेवार संचार र सुशासनमा भूमिका खेल्ने क्षमता विकास गर्छन्।”
कार्यक्रममा टोखा नगरपालिका शिक्षा शाखा अधिकृत खगेन्द्र सि. धामीले तालिमले युवाहरूमा सञ्चार चेतना अभिवृद्धि गरेको भन्दै भविष्यमा अझ प्रभावकारी कार्यमा लाग्न प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गरे।
तालिममा विभिन्न पृष्ठभूमिका विद्यार्थी र युवाहरूको उल्लेखनीय सहभागिता रह्यो। सहभागीहरूले तालिमले पत्रकारिताप्रतिको बुझाइमा स्पष्टता र आत्मविश्वास थपेको अनुभव बाँडे।
प्रमुख प्रशिक्षक प्रा. डा. विजयप्रसाद मिश्रले पत्रकारिताको सैद्धान्तिक ज्ञानदेखि व्यावहारिक सीपसम्मको गहिरो मार्गदर्शन गर्दै सहभागीहरूलाई वर्तमान मिडिया परिप्रेक्ष्यमा सजग र जिम्मेवार पत्रकार बन्न प्रेरित गरे।
समापन समारोहमा गोर्खाली मिडियाका अध्यक्ष प्रकाश कुमार खड्काको विशेष उपस्थिति रहेको थियो।
रेड मिडियाकी प्रधान सम्पादक विष्णुमाया पौडेलको अध्यक्षतामा सम्पन्न समापन समारोहमा सञ्चारकर्मी हेमन्ता भट्टराईले कार्यक्रम सञ्चालन गरेकि थिइन।
रेड मिडियाले सहभागी सबैलाई पत्रकारितामा सक्रिय सहभागिताका लागि उत्साहजनक आह्वान गर्दै संस्थासँग आबद्ध प्रशिक्षार्थीको रूपमा कार्य प्रारम्भ गर्न सकिने व्यवस्था गरिएको जनाएको छ।
काठमाडौँ, असार १० — सशस्त्र प्रहरी बल नेपालका दुई वरिष्ठ नायव महानिरीक्षक (डीआईजी) कालीदास धौव ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!