केही बेरमै सुरु हुँदैछ एमाले वडाध्यक्षहरुको भेला, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन।

काठमाडौं जेठ ११ – नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजना गरिएको वडाध्यक्षहरुको दुईदिने भेला केही बेरमै सुरु हुँदैछ।

ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीमा आयोजना भइरहेको यस भेलाको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ।

बागमती प्रदेश अन्तर्गत रहेका स्थानीय तहका एमालेबाट निर्वाचित ३५९ जना वडाध्यक्षहरूलाई सहभागी गराइएको यस भेलाले संगठन सुदृढीकरण, नीति कार्यान्वयन, जनप्रतिनिधिको भूमिका र भावी रणनीतिबारे केन्द्रीत छलफल गर्ने लक्ष्य लिएको छ।

प्रधानमन्त्री ओलीको उद्घाटन सम्बोधनपछि एमालेका अन्य वरिष्ठ नेताहरूको मार्गदर्शन, समूहगत छलफल, अनुभव आदानप्रदान तथा संगठनात्मक प्रशिक्षणका सत्रहरू संचालन हुनेछन्।

भेला आज र भोलि दुई दिनसम्म चल्नेछ। आयोजकहरूका अनुसार, यो भेला पार्टीको आधारभूत तहमा नेतृत्वलाई अझ सशक्त बनाउने दिशामा महत्वपूर्ण कदम हुनेछ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP