टोखा, काठमाडौं जेठ ११ – टोखा नगरपालिकाको आयोजनामा लागुऔषध विरुद्धको चेतनामूलक विशेष कार्यक्रम अत्यन्तै भव्य ढंगले सम्पन्न भएको छ। करिब ६५० जनाको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी सभापतिका रूपमा रहनुभयो भने प्रमुख अतिथिको रूपमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ सहभागी हुनुभयो।
काठमाडौ नयाँ बसपार्क नजिकैको एक सभाहलमा भएको कार्यक्रमका विशिष्ट अतिथिहरूमा लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोइराला, जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, प्रहरी उपरीक्षक शालिग्राम शर्मा, प्रहरी नायब उपरीक्षक निरञ्जन थापा, प्रहरी नायब उपरीक्षक रविराज थपलिया रहनुभएको थियो।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, प्रमुख शिक्षा अधिकृत बाबुराम गौतम, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, साउथ वेस्टर्न स्टेट कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसी, बाल अधिकार समिति प्रतिनिधि डा. कृष्ण सुवेदी, नेपाल औषधि व्यवसायी संघ काठमाडौँ अध्यक्ष शंकर महर्जन, महासचिव शुभमान श्रेष्ठ, प्याब्सन टोखा अध्यक्ष अरुण केसी, राष्ट्रिय कलाकार दिनेश डिसी लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो।
कार्यक्रममा टोखा नगरपालिकाका सबै वडा अध्यक्षहरू, नगर कार्यपालिकाका सदस्य, नगरसभा सदस्यहरू, विषयगत शाखा प्रमुखहरू, नगरपालिका कर्मचारीहरू, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, होटल व्यवसायी संघ, स्वास्थ्य संस्था प्रमुखहरू, टोल सुधार समिति, महिला स्वयंसेविका, बाल क्लब, आमा समूहका प्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू तथा विविध संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति थियो।
विद्यालयतर्फबाट माध्यमिक विद्यालयका प्राध्यापक सरोज कुमार पाण्डेले तथा वडा अध्यक्षहरूतर्फबाट वडा नं. ६ की अध्यक्ष शान्ता खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको प्रारम्भ नगर प्रमुख प्रकाश अधिकारी र प्रमुख अतिथि टेकबहादुर तामाङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले स्वागत मन्तव्य दिँदै लागुऔषध विरुद्धको अभियानमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रमको विशेष आकर्षणमा ‘लागुऔषध विरुद्धको महाअभियान’ सम्बन्धी समझदारीपत्र आदानप्रदान रहेको थियो, जसमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ र नगर प्रमुख प्रकाश अधिकारीले औपचारिक रूपमा हस्ताक्षर गर्नुभएको थियो।
प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा प्रस्तुत गरिएको विशेष प्रस्तुति र जनचेतनामूलक गीतिनाटकले कार्यक्रमलाई प्रभावकारी बनाएको थियो। डा. कृष्ण सुवेदी, शंकर महर्जन, प्रा.डा. विद्यानाथ कोइराला, डा. राजेन्द्र केसी लगायत वक्ताहरूले लागुऔषधको असर र रोकथामका उपायबारे मन्तव्य दिनुभएको थियो।
कार्यक्रममा लागुऔषध विरुद्धको अभियानका फोकल पर्सन प्रहरी निरीक्षक मिलन वि.क. को समेत सक्रिय उपस्थिति रहेको थियो। सम्पूर्ण व्यवस्थापन तथा जानकारी समन्वयको भूमिकामा टोखा नगरपालिकाका फोकल पर्सन खगेन्द्र धामी रहनुभएको थियो।
कार्यक्रमको अन्त्यमा सभापति प्रकाश अधिकारीले समापन मन्तव्य दिंदै लागुऔषध मुक्त टोखा बनाउने साझा संकल्पमा सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। मायाको चिनो वितरण, सामूहिक फोटो तथा जलपानसहित कार्यक्रम समापन गरिएको थियो।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया