काठमाडौ जेष्ठ ४— चितवन माडीको बनकट्टा हुँदै बग्ने रीउ नदीमाथिको पुरानो पुल अहिले सवारीका लागि जोखिमपूर्ण बनेको छ। नारायणगढ–माडी–ठोरी हुलाकी सडक अन्तर्गत पर्ने सो पुलको दक्षिणी भाग लच्किएपछि स्थानीय बासिन्दादेखि यात्रु सबै चिन्तित छन्।
वर्षौँअघि अस्थायी रूपमा मल्टीसेल बक्स कल्भर्ट मोडलमा निर्माण गरिएको यो एकतर्फी पुल हुँदै अहिलेसम्म पनि मालवाहक ट्रक, बसदेखि निजी सवारीसम्म आवतजावत भइरहेका छन्। तर, हाल पुलको संरचना कमजोर देखिन थालेपछि जुनसुकै बेला भासिने वा भत्किने डर छ — जसले ठुलो दुर्घटनाको निम्तो दिन सक्छ।
अझ अचम्म त के भने — जोखिमको जानकारी हुँदाहुँदै पनि माडी नगरपालिका र डिभिजन सडक कार्यालयले मर्मतको योजना त बनाए, तर काम थाल्न भने अझै ढिलाइ भइरहेको छ। फिलिङको नाममा फाइल अगाडि बढिरहेको छ, तर फिल हालिने ठाउँमै यात्रुहरू डराउँदै गुडिरहेका छन्।
स्थानीयवासी भन्छन्, "पुल पार गर्दा हल्लिन्छ, एकछिन त सास रोकिएजस्तो हुन्छ।"
अविलम्ब मर्मत कार्य सुरु नगरे दुर्घटनाको जोखिम टार्न मुस्किल पर्ने भएकाले जिम्मेवार निकायको ध्यान तत्काल आवश्यक देखिएको छ।
सुनसरी असार २— सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट असा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!