काठमाडौँ जेठ १३ — तीन महिनाअघि मात्र नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका शरद ओझाको शैक्षिक योग्यता र अनुभवसम्बन्धी कागजात शंकास्पद देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक रूपमा अनुसन्धान सुरु गरेको छ।
बीमा ऐन, २०७९ अनुसार अध्यक्ष पदमा नियुक्तिका लागि बीमा वा वित्तीय क्षेत्रमा स्नातकोत्तर तहको अध्ययनसहित पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव आवश्यक हुन्छ। तर ओझाले पेश गरेको कागजातमा आवश्यक अनुभव नदेखिएको भन्दै अख्तियारले अर्थ मन्त्रालयबाट सम्बन्धित कागजात झिकाएको छ।
सूत्रका अनुसार, छनोट समितिले ओझाको कागजातको दोहोरो परीक्षण नगरी सिफारिस गरेको थियो। अख्तियारमा उजुरी दर्ता भएपछि आयोगले प्रारम्भिक चरणमा प्रमाण संकलन सुरु गरेको हो।
यस विषयमा अधिवक्ता इन्दिरा धमलाले सर्वोच्च अदालतमा रिट दायर गर्दै नियुक्ति बदर गर्न माग गरिसकेकी छन्। अदालतले प्रारम्भिक सुनुवाइपछि सरकारलाई कारण देखाउ आदेश जारी गर्दै अध्यक्ष ओझाको नियुक्ति प्रक्रियाबारे स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ।
अख्तियारको अनुसन्धान र सर्वोच्चको आदेशले बीमा प्राधिकरणको नेतृत्वमा नियुक्ति प्रक्रियाको पारदर्शिता र वैधानिकतामाथि गम्भीर प्रश्न उठाएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया