पोखरा, १४ वैशाख — अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले आमा औंसीको अवसरमा पोखरा–१७, महतगौडास्थित बुद्धाश्रम अवलोकन गर्दै आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरेकी छन्। उनले ज्येष्ठ नागरिकको सम्मान र हेरचाहमा जोड दिँदै सामाजिक सेवालाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छन्। आश्रम सञ्चालकले उनको सक्रियताको प्रशंसा गरेका छन्।
यता, गण्डकी कोटिहोममा सञ्चालन भइरहेको ४१ दिने महायज्ञले भक्तजनको आकर्षण बढाएको छ। भूमिपूजन र यज्ञकुण्ड निर्माणसहित सुरु भएको महायज्ञमा देवी प्रतिभा र अनुराधा पाण्डेयलगायतले कथा प्रवचन शुरू गरिसकेका छन्। दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत धर्मगुरुहरूको पनि सहभागिता रहनेछ।
महायज्ञ अवधिमा भजन, सत्सङ्ग, पूजापाठ, आरती तथा विभिन्न प्रतियोगिताहरू सञ्चालन हुँदैछन्। देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षित गरिएको छ।
काठमाडौं, जेठ १२ – टोखा नगरपालिकाको सहकार्यमा रेड मिडियालेआयोजना गरिएको नौ दिने एडभान्स पत्रका ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!