काभ्रेको बनेपाबाट लागूऔषधसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काभ्रे ।काभ्रेको बनेपा–८ स्थित बसपार्क इलाकाबाट सशस्त्र प्रहरीले करीव ५ किलो पोलाइण्ड नामक लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। चैत्र २६ गते, काभ्रेको धुलिखेल नगरपालिका–६ बस्ने २८ वर्षीय अमृत भण्डारी र सोही नगरपालिका–४ बस्ने ३० वर्षीय श्रीकृष्ण सत्याललाई लागूऔषधसहित पक्राउ गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं। १५ गण काभ्रेको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा प्रहरीले सोही ठाउँको सेकुवा सेन्टर र नेवारी खाजाघरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुई जनासँग ५ पोका पोलाइण्ड नामक लागूऔषध बरामद भएको छ। साथै, उनीहरूले प्रयोग गरेको बा ३८ प १४८१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ।

नियन्त्रणमा लिईएका दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ। सशस्त्र प्रहरी बलका अनुसार, यसअघि पनि उनीहरूले विभिन्न स्थानहरूमा लागूऔषध नियन्त्रणमा लिएका थिए।

यसअघि सशस्त्र प्रहरी बलले चैत्र १४ गते काठमाडौँ महानगरपालिका–९ सिनामंगलबाट ७ किलोग्राम पोलाइण्ड, फागुन १ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ गते काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट ५÷५ किलोग्राम पोलाइण्ड नामक लागूऔषधसहित ५ जनालाई नियन्त्रणमा लिइ संबंधित निकायमा बुझाएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP