बाँकेमा नक्कली लाइसेन्स काण्ड : चार जना पक्राउ, करोडौं संकलनको आरोप

बाँकेमा नक्कली लाइसेन्स काण्ड : चार जना पक्राउ, करोडौं संकलनको आरोप

बाँके   २७ चैत्र  – बाँके जिल्लामा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरी मासिक ३ करोड भन्दा बढी रकम असुली गर्ने गरेको आरोपमा चार जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालय, बुटवल क्षेत्रीय कार्यालय र नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने व्यक्तिहरूमा यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज के.सी. र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरद कुमार गोराथोकी रहेका छन्।

अख्तियार स्रोतका अनुसार, ती कर्मचारी र निजी व्यक्तिहरूले नक्कली सवारी चालक अनुमति पत्र तयार गरी यात्रु र चालकहरूबाट रकम असुली गर्ने गरेको जानकारी प्राप्त भएको थियो। अनुसन्धानका क्रममा तिनीहरूले नक्कली लाइसेन्स वितरण गर्दा प्रयोग गर्दै आएका बिभिन्न विद्युतीय उपकरणसमेत बरामद गरिएको छ।

सम्पूर्ण प्रकरणको थप अनुसन्धान जारी रहेको छ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवा क्षेत्रका अनियमितताहरू विरुद्ध कठोर कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP