काठमाडौं, चैत १७ - रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिकामा पशुपंक्षीलाई खोप, भ्याक्सिन तथा औषधि वितरणका लागि विनियोजन गरिएको रकम दुरुपयोग गरी घुस/रिसवत लिएको आरोपमा पशु शाखाका प्रमुख रामचन्द्र भुषालसहित सप्लायर्सविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
अनुसन्धानका क्रममा पशु शाखा प्रमुख रामचन्द्र भुषालले बुद्ध भेट सेन्टर तथा उक्त भेट सेन्टरका प्रोपाइटर लक्ष्मी बस्यालबाट विभिन्न कार्यक्रमहरू सहज बनाइदिएको बापत चार लाख रुपैयाँ घुस लिएको पुष्टि भएको छ। घुस लिएको रकम बुद्ध भेट सेन्टरकै बैंक खाताबाट भुषाललाई दिइएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, भुषालले गाउँपालिकाको पशु सेवा सम्बन्धी योजना प्राप्त गर्न, प्रगति प्रतिवेदन पेश गर्न, भुक्तानीको सिफारिस गर्न लगायतका कार्यमा सहजीकरण गरेबापत उक्त रकम लिएका थिए। यसरी भ्रष्टाचारमा संलग्न रहेको पुष्टि भएपछि भुषालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो चार लाख रुपैयाँ कायम गरी सोही ऐनअनुसार कैद र जरिवाना माग गरिएको छ।
यस्तै, बुद्ध भेट सेन्टरका प्रोपाइटर लक्ष्मी बस्यालले घुस दिएको पुष्टि भएकाले उनलाई पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आरोपपत्रमा चार लाख रुपैयाँ बिगो कायम गरी जरिवाना, कैद तथा बिगो जफतको मागदाबी गरिएको छ।
यस प्रकरणले गाउँपालिकामा विकासका लागि विनियोजित रकमको दुरुपयोग तथा भ्रष्टाचारको गम्भीर समस्या उजागर गरेको छ। विशेष अदालतमा मुद्दा दायर भएसँगै कानूनी प्रक्रियाले अब कस्तो मोड लिन्छ भन्ने प्रतीक्षामा सर्वसाधारण रहेका छन्।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया