उदयपुरको मुर्तीखोलाबाट ८९१ किलो गाँजा बरामद

उदयपुरको मुर्तीखोलाबाट ८९१ किलो गाँजा बरामद

उदयपुर, चैत्र १७ – उदयपुर जिल्लाको बेलका नगरपालिका–६ मुर्तीखोला इलाकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। चैत्र १६ गते सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रामपुरको टोलीले करीव ८९१ किलो ४२३ ग्राम गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको ३९ पोका गाँजा फेला पारेको थियो। सुराकीका आधारमा गरिएको निगरानीपछि सुरक्षा फौजले उक्त गाँजा नियन्त्रणमा लिएको हो। बरामद गरिएको गाँजा आवश्यक कानूनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

गाँजा ओसारपसार कसले गरेको थियो भन्नेबारे अनुसन्धान जारी रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्। पछिल्लो समय उदयपुर क्षेत्रबाट अवैध लागूऔषध तस्करीको गतिविधि बढ्दै गएकाले सुरक्षाकर्मीले निगरानी बढाएको जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP