पशुपति हंस मण्डपमा श्रीराम कथा सुरु

पशुपति हंस मण्डपमा श्रीराम कथा सुरु

काठमाडौं, चैत १७ – पशुपति क्षेत्रको हंस मण्डपमा आजदेखि श्रीराम कथा शुभारम्भ भएको छ। विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति, ॐकार महाअभियान, नेपाल झाँक्री संघ, स्वावलम्बी फाउन्डेसन नेपाल, र विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय महिला समिति को आयोजनामा कथा प्रारम्भ भएको हो।

कार्यक्रममा श्री हिन्दू प्रतिष्ठान नेपालपशुपति सेवा विकास संस्था को समन्वय रहेको छ। चैत १७ देखि २५ गतेसम्म सञ्चालन हुने श्रीराम कथाका लागि राष्ट्रिय विभूषित नारीरत्न विदूषी आचार्य सुश्री अनुराधा देवी मुख्य कथा वाचक रहनुभएको छ।

यसैक्रममा, देशव्यापी १०८ श्रीमद्भागवत सत्संकल्प अभियानका प्रवर्तक मुमुक्षु श्री उद्धव शर्माले भागवतको सार प्रस्तुत गर्नुभएको थियो, भने युवा कथा वाचक आचार्य राघव मौद्गल्य र उपवाचक आचार्य मेघराज खनाल रहनुभएको थियो। कार्यक्रमका मूल कर्ता राजेन्द्र प्रसाद सिम्खडा हुनुहुन्छ।

कार्यक्रमको उद्घाटन विहान ८:३० बजे पशुपतिनाथ मन्दिरबाट कलश यात्रा सुरु गरी गुह्येश्वरी मन्दिरमा पुगी पशुपति परिक्रमा गर्दै हंस मण्डपमा पुगेपछि औपचारिक रूपमा सम्पन्न भएको थियो।

आज दिउँसो १ बजे ॐकार महाअभियान तथा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका प्रमुख संरक्षक निक्ष शमशेर जबराको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गरिएको थियो।

राम नवमीको अवसर पारेर आयोजित श्रीराम कथा ऐतिहासिक बन्नेछ भन्ने विश्वास राख्दै कार्यक्रमका सभाध्यक्ष तथा ॐकार महाअभियानका अध्यक्ष दिनेश कुमार सिजापति ले शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमका संयोजक तथा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा ले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो।

कार्यक्रमको सफल सञ्चालन कुशल कार्यक्रम उद्घोषक, सञ्चारकर्मी तथा गायिका विष्णुमाया पौडेलले गर्नुभएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP