काठमाडौ १३ चैत्र -सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा भएको आगलागीमा फसेका ११ जनालाई सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलको सक्रियतामा ९ जनालाई रोप रेस्क्यु विधि प्रयोग गरी सुरक्षित निकालिएको थियो भने संयुक्त सुरक्षा टोलीले थप २ जनालाई उद्धार गरेको छ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनिष थापाको नेतृत्वमा खटिएको १०५ जनाको सुरक्षा टोलीले आगलागी नियन्त्रण तथा उद्धार कार्यमा महत्वपूर्ण भूमिका खेलेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित ९ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणको प्रयास जारी छ।
स्थानीयवासी र सुरक्षाकर्मीको समन्वयले ठूलो दुर्घटना टर्ने संकेत देखिएको छ। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ।
पोखरा, बैशाख १२ – श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को प्रच ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!