पोखरा, बिरौटा १३ चैत्र— सनातन धर्म, मानव सेवा, र आध्यात्मिक जागरणका अभियन्ता बालयोगेश्वर विजयकृष्ण मुर्ति महाराजको अगुवाइमा गण्डकी कोटिहोम महायज्ञ आयोजना हुन लागेको छ। पोखराको बिरौटामा हुने यो ऐतिहासिक धार्मिक अनुष्ठान चैत १७ गतेदेखि जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।
बालयोगेश्वर महाराजले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सनातन धर्मावलम्बीहरूलाई यस पवित्र यज्ञमा सहभागी हुन हार्दिक आह्वान गर्नुभएको छ।
नेपाल केवल प्राकृतिक सौन्दर्य र संस्कृतिको मात्र धनी होइन, सनातन धर्मको मूल केन्द्र पनि हो। यही धरोहरलाई उजागर गर्दै गण्डकी कोटिहोमले विश्वभर शान्ति, प्रेम, र मानवताको सन्देश प्रवाहित गर्ने लक्ष्य राखेको छ।
बालयोगेश्वर महाराजका अनुसार, धर्मले मात्र समाज रूपान्तरण गर्न सक्छ, र यस्ता अनुष्ठानहरू धार्मिक पर्यटन प्रवर्द्धनको मेरुदण्ड हुन सक्छन्। नेपाल सरकारले अघि सारेको पर्यटन प्रवर्द्धन अभियानलाई गण्डकी कोटिहोमले सशक्त रूपमा समर्थन गर्नेछ।
बालयोगेश्वर महाराज नेतृत्वको मानव सेवा फाउन्डेसन नेपालले यो धार्मिक अनुष्ठानलाई समाज सुधार र सेवाको एउटा अभियानका रूपमा अगाडि बढाएको छ। यस महायज्ञले धार्मिक, सामाजिक, र आर्थिक रूपमा पोखरा र गण्डकी प्रदेशको समग्र विकासमा योगदान पुर्याउनेछ।
✅ महायज्ञ, हवन, तथा विशेष पूजा अनुष्ठान
✅ योग, ध्यान, प्रवचन, र धार्मिक प्रवास कार्यक्रम
✅ वैदिक विधिबाट समाज शुद्धीकरण एवं कल्याणकारी अनुष्ठान
✅ सनातनी संस्कृति र धर्मप्रति नयाँ पुस्तामा जागरूकता अभिवृद्धि
✅ नेपालका पवित्र स्थलहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसर
स्थानका विषयलाई लिएर केही विवादहरू उठे पनि, बालयोगेश्वर महाराजले यसबारे "मैले मनमा कुनै पाप राखेको छैन। तर आगामी दिनमा सत्यबुद्धि आओस् भन्ने कामना गर्दछु" भन्नुभएको छ। पछिल्लो निर्णयप्रति सन्तुष्टि व्यक्त गर्दै उहाँले समस्त भक्तजनहरूलाई यज्ञ सफल बनाउन आग्रह गर्नुभएको छ।
बिरौटा क्षेत्रमा महायज्ञ स्थलको निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ। स्थानीयबासी, स्वयंसेवक, र भक्तजनहरू अहोरात्र परिश्रम गरिरहेका छन्।
यस कोटिहोमपछि पोखराको धार्मिक पर्यटन नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय सनातनी पर्यटकहरू नेपालतर्फ आकर्षित हुने र धार्मिक गन्तव्यका रूपमा नेपालको पहिचान अझ मजबुत हुनेछ।
बालयोगेश्वर महाराजले सम्पूर्ण सनातनीहरू, धार्मिक श्रद्धालुहरू, समाजसेवीहरू, एवं नेपालप्रेमीहरूलाई गण्डकी कोटिहोममा सहभागी भई पुण्य लाभ प्राप्त गर्न आग्रह गर्नुभएको छ।
"यो केवल धार्मिक अनुष्ठान मात्र होइन, आत्मशुद्धि, समाज सेवा, र विश्वभर सनातन धर्मको सन्देश प्रवाह गर्ने अनुपम अवसर हो," उहाँले भन्नुभएको छ।
यस भव्य धार्मिक कार्यक्रममा सहभागी भई आध्यात्मिक उन्नति, धार्मिक स्थलहरूको संरक्षण, र धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन सबैलाई सादर निमन्त्रणा गरिएको छ।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया