नेपाल आयल निगमले इन्धनको मुल्य घटायो

नेपाल आयल निगमले इन्धनको मुल्य घटायो

काठमाडौं, २ चैत्र – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा कमी गरेको छ। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा ४ रुपैयाँको घटौती गरिएको हो।

शनिबार मध्यरातदेखि लागू हुने गरी काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १५१ रुपैयाँमा बिक्री हुनेछ। इन्डियन आयल कर्पोरेसनबाट १५ मार्चमा प्राप्त नयाँ खरिद मूल्यको आधारमा निगमले मूल्य समायोजन गरेको प्रवक्ताले जनाएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

१० वर्षीया अनुराधा पाण्डेयको कथा प्रवचन : सानो उमेरमा असाध्यै गहिरो सन्देश, भक्तजन भावविभोर
11 महिना अगाडि

पोखरा, ३० वैशाख – श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा १० वर्षीया बालव ...

छुटाउनुभयो कि ?

TOP