ट्रम्प प्रशासनले ११ देशका नागरिकलाई अमेरिका यात्रामा रोक लाउने तयारी

ट्रम्प प्रशासनले ११ देशका नागरिकलाई अमेरिका यात्रामा रोक लाउने तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ११ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण रूपमा प्रतिबन्ध लगाउने तयारी गरेका छन्। द न्युयोर्क टाइम्स का अनुसार, भुटान, अफगानिस्तान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन प्रतिबन्धको सूचीमा परेका छन्।

यसबाहेक, भिसा प्रक्रिया कडा पारिने मुलुकहरूमा बेलारुस, एरिट्रिया, हाइटी, लाओस, म्यानमार, पाकिस्तान, रुस, सियरा लियोन, दक्षिण सुडान, र तुर्कमेनिस्तान परेका छन्।

६० दिनभित्र अमेरिकी चासो सम्बोधन नगरे थप १५ देश प्रतिबन्ध सूचीमा पर्न सक्ने टाइम्स ले जनाएको छ। ट्रम्प प्रशासनले सूचीमा संशोधन गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

१० वर्षीया अनुराधा पाण्डेयको कथा प्रवचन : सानो उमेरमा असाध्यै गहिरो सन्देश, भक्तजन भावविभोर
11 महिना अगाडि

पोखरा, ३० वैशाख – श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा १० वर्षीया बालव ...

छुटाउनुभयो कि ?

TOP