मालपोतका कर्मचारी घुससहित पक्राउ

२८ फागुन काठमाडौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वरबाट एक कर्मचारी र एक लेखापढी कानून व्यवसायीलाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ।

आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, महोत्तरी मालपोत कार्यालयका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना प्राप्त भएको थियो।

सोही सूचना र उजुरीका आधारमा खटिएको टोलीले दुवै जनालाई सेवाग्राहीबाट ३५ हजार  रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दास र महतोमाथि उक्त रकमसहित थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP