जे.भि.फाउन्डेसनको केन्द्रिय सल्लाहकार एबम गण्डकी प्रदेश प्रमुखमा थापा र सचीवमा पौडेल नियुक्त
सम्बादाता
२०८१-११-१३
726
Shares
१२ फागुन कास्की ।जे.भि.फाउन्डेसनले केन्द्रिय सल्लाहकार तथा गण्डकी प्रदेश प्रमुखमा समाजसेवी बिष्णु थापालाई नियुक्त गरेकोछ।
नवनियुक्त प्रदेश प्रमुख थापालाई सोमबार पोखराको केदारेश्वर महादेव मन्दिर प्राङ्गणमा फाउन्डेसनका केन्द्रिय अध्यक्ष माननीय प्रा.डा.जगदीश वैद्यले सपथ गराएका हुन।
फाउन्डेसनले केन्द्रिय सल्लाहकार एबम गण्डकी प्रदेश सचीवमा भने सुजन पौडेललाई नियुक्त गरि सपथ गराएकोछ।
सपथ गराउदै सस्थाको केन्द्रिय अध्यक्षले नवनियुक्त द्वय प्रमुख र सचिबलाइ आगामी कार्यकालको लागि बधाई तथा शुभकामना दिएकाछन।
प्रदेश प्रमुख थापाले जिम्मेवारी पाएसगै खुशी हुँदै केन्द्रिय अध्यक्ष लगायत टिमलाई धन्यवाद दिएकाछन।
प्रदेश प्रमुख थापा लामो समयदेखि समाजसेवाको क्षेत्रमा क्रियासिल रहदै आएकाछन।
विशेष गरि सनातन धार्मिक क्षेत्रमा योगदान दिदै आएका थापाले पाएको कुनै पनि जिम्मेवारी निष्ठा र इमानपुर्बक निर्बाह गर्दै आइरहेकाछन।
जे .भि.फाउन्डेसनले विभिन्न क्षेत्रमा रहेर समाजसेवा गरेर राष्ट्रलाई सहयोग पुराउदै आइरहेकोछ।
जे.भि. फाउन्डेसन एक गैर-नाफामूलक संस्था हो, जसको उद्देश्य समाजसेवा हो।
सम्बादाता
२०८१-११-१३
726
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!