काठमाडौको बबरमहलस्थित सडक भासिन थाल्यो

काठमाडौको बबरमहलस्थित सडक भासिन थाल्यो

३० माघ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि बबरमहल क्षेत्रको जममग्न हुनुका साथै सडक भासिएको छ । पानीको ठूलो बहाव अनियन्त्रित भएपछि सडक भासिएको हो ।

सडक भासिएपछि त्यसक्षेत्रमा यातायात आवागमन रोकिएको छ । त्यस रुटबाट चल्ने यातायातका साधनलाई डाइभर्ट गरिएको छ ।

 

एक्कासी बाढी पसेपछि बबरमहल क्षेत्रमा रहेका सरकारी कार्यालयहरू तथा वन परिसरपछाडि रहेको बस्तीसमेत डुबानमा परेका छन् ।

मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाइले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको जनाएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

फ्रान्सेली नागरीकलाइ नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह
एक बर्ष अगाडि

काठमाडौ , फागुन २७ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले फ्रान ...

छुटाउनुभयो कि ?

TOP