काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएदेखिनै बिश्वभर उथलपुथल मच्चिएको छ।
ट्रम्पले संघीय सरकारमा कर्मचारीहरूको संख्या घटाउने प्रयास सुरु गरेका छन्।
यस अन्तर्गत उनले कर्मचारीहरूलाई दिएको प्रस्ताव स्वीकार गरिएको छ।
ट्रम्पको बाइआउट प्रस्ताव स्वीकार गर्दै लगभग ४० हजार कर्मचारीहरूले राजीनामा दिने निर्णय गरेका छन्।
ट्रम्प प्रशासनले संघीय कर्मचारीहरूलाई बाइआउट प्रस्ताव गरेको थियो । आफैंले जागिर छोड्ने यो विकल्प रोज्ने कर्मचारीलाई आगामी सेप्टेम्बरसम्मको पारिश्रमिक दिइने आफर थियो ।
यसका लागि फेब्रुअरी ६ सम्मको समय दिइएको थियो।अमेरिकामा ट्रम्पले एलन मस्कको नेतृत्वमा गठन गरेको सरकारी दक्षता विभागले कर्मचारीलाई पठाएको इमेलमा घरबाट काम गर्ने कर्मचारीहरूलाई कार्यालय फर्कन भनिएको थियो।
यी कर्मचारीहरूले हप्ताको ५ दिन कार्यालयबाट काम गर्नुपर्ने भनिएको थियो ।जागिरबाट राजीनामा दिएबापत संघीय कर्मचारीहरूलाई आठ महिनाको तलब र निश्चित भत्ता दिइनेछ। यद्यपि, राजीनामा दिने यी कर्मचारीहरूको संख्या लक्ष्यभन्दा कम छ।ट्रम्पको यो निर्णयको विरोध पनि भइरहेको छ।
अमेरिकन फेडरेशन अफ गभर्नमेन्ट एम्प्लॉइज युनियनका अध्यक्ष एभरेट केलीले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै ट्रम्पको एजेन्डामा असहमत नहुने संघीय कर्मचारीलाई जागिर छोड्न दबाब दिइएको बताए ।
सरकारी तथ्याङ्क अनुसार अमेरिकामा संघीय कर्मचारीहरूको संख्या ३० लाखभन्दा बढी छ। यो अमेरिकाको १५ औं सबैभन्दा ठूलो कार्यबल भएको भनिएको छ।
सम्बादाता
२०८१-१०-२८
427
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!