राष्ट्रिय युवा परिषद कला साहित्य सन्जालले काठमाडौमा लाइभ दोहोरी प्रतियोगिता सुरु गर्ने

२४ माघ ,काठमाडौ । राष्ट्रिय युवा परिषद् कला साहित्य सञ्जालको आयोजना तथा सास्कृतिक समाज नेपालको सहकार्यमा राष्ट्रिय युवा मैत्री   लोक दोहोरी प्रतियोगिता काठमाडौमा शुक्रवार देखि हुने भएकोछ।

दुई दिन सम्म चल्ने प्रतियोगिता भृकुटीमण्डप पर्यटनबोर्डको हलमा हुन लागेको  हो।देश भर बाट १२ समुहको बिचमा प्रतिस्पर्धा हुने  प्रतियोगिताको औपचारिक समुद्घाटन भने माननीय  युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले  गर्नेछन् ।

आकर्षक पुरस्कार राशी सहित हुने प्रतिस्पर्धामा पहिलो हुनेले एक लाख पुरस्कार जित्नेछ्न ।त्यसैगरी दोस्रो हुन्नेले ३० हजार,तेस्रो हुनेले  १५ हजार र सान्त्वना पुरस्कार १० हजार रहेको राष्ट्रिय युवा परिषद कला साहित्य सन्जालका अध्यक्ष राम प्रसाद अवस्थिले बताए ।


प्रतियोगितामा भाग लिने समूह हरुमा
कोसी, सगरमाथा, जनकपुर,बागमती, नारायणी, गण्डकी, लुम्बिनी, धौलागिरि, राप्ती,भेरी, कर्णाली र सेती काली रहेकाछन।

कार्यक्रमको निर्णायक सम्योजकको रुपमा  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पुर्व अध्यक्ष वरिष्ठ गायक  चन्द्र शर्मा रहनेछन। निर्णायक टिममा वरिष्ठ गायक बद्री पराजुली ,वरिष्ठ गायिका सीता थापा  लोकप्रिय गायक सरोज बिरही कार्की र लोकप्रिय गायक वैकुन्ठ महत रहनेछन।

त्यसैगरी अन्य निर्णायकहरुमा  वरिष्ठ सङीतकार रिदम कंडेल ,म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ मलेकु,लोकप्रिय गायक कृष्ण काफ्ले ,लोकप्रिय सङ्गीतकार पदम रोकाया साथै लोकप्रीय गायिका सिमा थापा रहेको  कार्यक्रम संयोजक सुस्मा शाही ठकुरीले जानाकारी दिइन।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP