गल्ती महसुस गरेका चार सन्चारमाध्यम कालो सुचीबाट हट्यो,छवटा भने अझै कालो सुचिमै

गल्ती महसुस गरेका चार सन्चारमाध्यम  कालो सुचीबाट हट्यो,छवटा भने अझै कालो सुचिमै

काठमाडौं । प्रेस काउन्सिल नेपालले कालो सुचिमा राखेको १० सन्चारमाध्यम मध्य  कालोसूचीमा राखेका ४ वटा सञ्चार माध्यमको कारवाही फुकुवा गरेको छ ।

दर्ता र सूचीकरण नभई चलेका ५४ युट्यूव च्यानल र ५ फेसबुक पेजलाई थप अनुसन्धान र कारवाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको काउन्सिलले जनाएको छ ।

काउन्सिलद्वारा आइतबार जारी विज्ञप्तिअनुसार टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलास अनलाइन डटकमको अवज्ञाकारी/कालोसूचीको कारवाही फुकुवा गरिएको हो ।


काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराका अनुसार चालू आर्थिक वर्षको साउनयता कालोसूचीमा परेका १० वटामध्ये ४ वटा सञ्चारमाध्यमले क्षमायाचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धता जनाएपछि कारवाही फुकुवा गरिएको हो ।


काउन्सिलको निर्देशन अवज्ञा गर्ने अन्य ६ वटा सञ्चार माध्यम एबीपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशीपोष्ट डटकम, हेर्दाहेर्दै डटकम, दियोपोष्ट डटकम र नेपालकथा डटकमलाई थप कारवाही अगाडि बढाइएको विज्ञप्तिमा जनाइएको छ । यीमध्ये एबीपीक्राइमन्यूज डटकम, दियोपोष्ट डटकम र हेर्दाहेर्दै डटकमलाई भने सूचीकरणबाटै हटाइएको छ ।


प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले गल्ती सच्याउने तत्परता राख्नु सञ्चारमाध्यमको धर्म रहेको बताए ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नयाँ नियम अनुसार मोटरसाइकल लाइसेन्स लिन १८ बर्ष पुग्नुपर्ने ,अवधी १० बर्षको हुने
एक बर्ष अगाडि

१९ फागुन काठमाडौं । आयो नयाँ नियम । १८ वर्ष पूरा नगरेका व्यक्तिहरूलाई मोटरसाइकल र साना सवारीका लागि ...

छुटाउनुभयो कि ?

TOP