गल्ती महसुस गरेका चार सन्चारमाध्यम कालो सुचीबाट हट्यो,छवटा भने अझै कालो सुचिमै
सम्बादाता
२०८१-१०-२२
57
Shares
काठमाडौं । प्रेस काउन्सिल नेपालले कालो सुचिमा राखेको १० सन्चारमाध्यम मध्य कालोसूचीमा राखेका ४ वटा सञ्चार माध्यमको कारवाही फुकुवा गरेको छ ।
दर्ता र सूचीकरण नभई चलेका ५४ युट्यूव च्यानल र ५ फेसबुक पेजलाई थप अनुसन्धान र कारवाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको काउन्सिलले जनाएको छ ।
काउन्सिलद्वारा आइतबार जारी विज्ञप्तिअनुसार टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलास अनलाइन डटकमको अवज्ञाकारी/कालोसूचीको कारवाही फुकुवा गरिएको हो ।
काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराका अनुसार चालू आर्थिक वर्षको साउनयता कालोसूचीमा परेका १० वटामध्ये ४ वटा सञ्चारमाध्यमले क्षमायाचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धता जनाएपछि कारवाही फुकुवा गरिएको हो ।
काउन्सिलको निर्देशन अवज्ञा गर्ने अन्य ६ वटा सञ्चार माध्यम एबीपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशीपोष्ट डटकम, हेर्दाहेर्दै डटकम, दियोपोष्ट डटकम र नेपालकथा डटकमलाई थप कारवाही अगाडि बढाइएको विज्ञप्तिमा जनाइएको छ । यीमध्ये एबीपीक्राइमन्यूज डटकम, दियोपोष्ट डटकम र हेर्दाहेर्दै डटकमलाई भने सूचीकरणबाटै हटाइएको छ ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले गल्ती सच्याउने तत्परता राख्नु सञ्चारमाध्यमको धर्म रहेको बताए ।
प्रतिक्रिया