आज वसन्तपञ्चमी अर्थात सरस्वती पूजा ।देशैभर धुमधामले मनाइदै।

काठमाडौ ।आज वसन्तपञ्चमी अर्थात् सरस्वती पूजा। सोमबार अझै बिशेष दिन।  देशभर विद्याकी  देवी सरस्वतीको पूजा–आराधना गरी मनाउने गरिन्छ ।

र विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेकोछ।

बिधालय र कलेजहरुमा लामबद्द भएर सरस्वतीको पुजा गरिन्छ।भगवान शिबको पनि विशेष दिन भएकोले पशुपतिनाथ लगायत देशैभरका शिबालयहरुमा घुइँचो लाग्ने गर्छ।उसै माथि स्वस्थानी महिना ,माघ महिना।माघी नुहाउने महिना ।

सालिनदिमा माधबनारायणको कठोर पुजाको साथमा स्वस्थानी व्रत,पुजा घर घरमा समेत भैरहेकोछ।

धार्मिक रितिरिवाको असाध्य ठूलो महत्व रहेकोछ।यसले एकता ,अनुसासन  र परम्पराको रक्षा गर्न ठुलो सहयोग पुराउछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP