आज वसन्तपञ्चमी अर्थात सरस्वती पूजा ।देशैभर धुमधामले मनाइदै।

आज  वसन्तपञ्चमी अर्थात सरस्वती पूजा  ।देशैभर धुमधामले मनाइदै।

काठमाडौ ।आज वसन्तपञ्चमी अर्थात् सरस्वती पूजा। सोमबार अझै बिशेष दिन।  देशभर विद्याकी  देवी सरस्वतीको पूजा–आराधना गरी मनाउने गरिन्छ ।

र विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेकोछ।

बिधालय र कलेजहरुमा लामबद्द भएर सरस्वतीको पुजा गरिन्छ।भगवान शिबको पनि विशेष दिन भएकोले पशुपतिनाथ लगायत देशैभरका शिबालयहरुमा घुइँचो लाग्ने गर्छ।उसै माथि स्वस्थानी महिना ,माघ महिना।माघी नुहाउने महिना ।

सालिनदिमा माधबनारायणको कठोर पुजाको साथमा स्वस्थानी व्रत,पुजा घर घरमा समेत भैरहेकोछ।

धार्मिक रितिरिवाको असाध्य ठूलो महत्व रहेकोछ।यसले एकता ,अनुसासन  र परम्पराको रक्षा गर्न ठुलो सहयोग पुराउछ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नयाँ नियम अनुसार मोटरसाइकल लाइसेन्स लिन १८ बर्ष पुग्नुपर्ने ,अवधी १० बर्षको हुने
एक बर्ष अगाडि

१९ फागुन काठमाडौं । आयो नयाँ नियम । १८ वर्ष पूरा नगरेका व्यक्तिहरूलाई मोटरसाइकल र साना सवारीका लागि ...

छुटाउनुभयो कि ?

TOP