हिरासतमा सुतेका रबि लामिछानेको तस्बिर खिच्ने डा.निकोलस भुसाल परे पक्राउ

हिरासतमा सुतेका रबि लामिछानेको तस्बिर खिच्ने डा.निकोलस भुसाल परे पक्राउ

काठमाडौ । प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार साँझ काठमाडौंको थलीबाट पक्राउ गरेको हो ।

भुसालले प्रहरीको सिसिटिभीमा देखिएको लामिछानेको तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको  स्वीकार गरेका थिए ।


गत शनिबार लामिछानेलाई भेट्न जाने क्रममा प्रहरीकै सिसिटिभीमा सुतिरहेको देखेपछि आफूले तस्बिर खिचेको बताएका थिए ।

उनले फेसबुक लाइभ मार्फत भनेका थिए- ‘मैले प्रहरीकै सिसिटिभीमा देखेर फोटो खिचेको हुँ। त्यतिबेला कसैले केही भनेन । गल्ती भयो ।’फोटो सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले घटनाको छानबिन गर्न निर्देशन दिएका थिए ।

त्यसपछि कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको कदमले साइबर कानुनको उल्लंघन गरेको जनाएको थियो ।

पक्राउ परेका भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने भएको छ ।

त्यसै त प्रहरीको आलोचना हुने गरेकोछ भने यो घटनाले झनै प्रहरीको लापरबाहीले थुनामा रहेकाको मानव अधिकार हनन भएको भन्दै सर्बत्र आलोचना भएकोछ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डेरी एसोसिएसनले गर्यो महत्त्वपूर्ण निर्णय।
एक बर्ष अगाडि

नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस विशेष कार्यक्रम लुम्बिनी प्रदेशको बुटव ...

छुटाउनुभयो कि ?

TOP