माघ,काठमाडौँ । काठमाडौँको कुलेश्वरमा रहेको जनमैत्री बहुमुखी क्याम्पसले पहिलोपटक आयाेजना गरेको ‘इन्टरनेसनल कनफेरेन्स’ काठमाडौँमा सुरु भएको छ ।
काठमाडौँ गौशाला स्थित पौवा होटलमा आजबाट सुरु भएको कनफेरेन्स भोलीसम्म चल्ने क्याम्पसले जनाएको छ कनफेरेन्समा देशभरका ५० भन्दा बढी क्याम्पसका साथै भारत,बंगलादेश,कोरिया,अमेरिका र युकेसहित नेपालका विशेषज्ञहरू समेत गरि १३५ जनाको सहभागिता रहेको कार्यक्रम सम्योजक अनिल प्रसाद भुषालले जानाकारी दिए।
क्याम्पस प्रमुख भोलानाथ ओझाले गुणस्तरीय शिक्षाको विषयमा पहिलोपटक ‘इन्टरनेसनल कनफेरेन्स’ आयोजना गरेको बताए । उनले भने,“गुणस्तरीय शिक्षाको विषयमा हामीले पहिलो पटक अन्तराष्ट्रियस्तरको कार्यक्रम गरेका छौँ ।
जनमैत्री बहुमुखी क्याम्पसका शैक्षिक प्रशासन प्रमुख रुद्रहरी ज्ञवालीले सम्मेलनमा शैक्षिक क्षेत्र र ज्ञानको खोजीका लागि नयाँ कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम अवधिभर ३८ ओटा अनुसन्धान पत्र प्रस्तुत हुने र ४ ओटा प्लेनरी शत्र चल्नेछन् ।८ ओटा ‘कि नोट स्पिकर’ हुने छन् । कार्यक्रममा अनुसन्धानकर्ता फ्याकेल्टी सदस्यहरू, पिएचडी विद्यार्थीहरू र अनुसन्धानमा चासो राख्ने व्यक्तित्वहरूको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको छ ।
कनफेरेन्सको मुख्य उद्देश्य उच्च शिक्षा क्षेत्रका समस्याहरूको समाधान र गुणस्तर सुधार गर्ने तरिका खोज्ने रहेको क्याम्पस प्रमुख भोलानाथ ओझाले जानकारी दिए ।
ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...
प्रतिक्रिया