पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बित

पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बित

काठमाडौँ । राष्ट्रिय  स्वतन्त्र पार्टीका सभापती एबम पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बित भएको छ ।

सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना आज प्रकाशित गरेको हो ।

संघीय संसद्‍का महासचिव पद्मप्रसाद पाण्डेयले लामिछानेको सास‌ंद पद निलम्बनमा परेको सूचना प्रकाशित गरेका छन् ।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्किले सभामुख देवराज घिमिरेलाई सम्बोधन गरी लामिछानेविरुद्ध अभियोगपत्र दर्ता गरेको व्यहोरा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीका गराएको संसद्का महासचिव पाण्डेयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ मा 'प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वत: निलम्बन भएको मानिनेछ,' भन्ने व्यवस्था रहेको छ ।

लामिछाने निलम्बनमा परेसगै राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ कार्यबाहक सभापतिमा डिपि अर्याल नियुक्त भएकाछन।

कास्की अदालतमा आज रबि लामिछानेले बयान दिन भने पाएकाछैनन।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डेरी एसोसिएसनले गर्यो महत्त्वपूर्ण निर्णय।
एक बर्ष अगाडि

नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस विशेष कार्यक्रम लुम्बिनी प्रदेशको बुटव ...

छुटाउनुभयो कि ?

TOP