"हृदयकि रानी "बोलको गित चिन्तामणि युटुब च्यानल मार्फत सार्बजनिक
सम्बादाता
२०८१-०९-०९
701
Shares
काठमाडौ ।बरिस्ठ गितकार चिन्तामणी सिवाकोटीको रचनामा आज सोमबार "हृदयकि रानि "बोलको गित सार्बजनिक भएकोछ। चिन्तामणी युट्ब च्यानलबाट आज सोमबार सार्बजनिक भएको हो।
यस गितका रचनाकार चिन्तामणि सिवाकोटी र संगीतकार कृति न्यौपाने हुन।
त्यसैगरी बरिस्ठ कलकार मदन कृष्ण श्रेष्ठ र अहिलेको समयको चर्चित गायिका समिक्षा अधिकारीले श्वर दिएकाछन।
७३ बर्षका मदनकृष्ण श्रेष्ठ ,बरिस्ठ गायिका कोमल ओलि,चर्चित मोडेल स्मारिका ढकाल र बिमल अधिकारीको जिवन्त अभिनय रहेकोछ।
यस्तै नृत्य निर्देशक राहुल बराइली ,भिडियो डाइरेक्सन कृष्णदेब रुपाखेती रहेकाछन।
ए वान म्युजिसियन स्टुडियो पुतलीसडकमा रेकर्ड गरिएको यो गितमा ग्रामीण क्षेत्रमा भएको मिठो प्रेम कथा समेटिएकोछ।
गाउँ घरमा गाइबस्तु चराउन जादा,काफल टिपि खाएको घटना ,देउरालीमा फुल चडाएको घटना ,देउरालीमा भाकल गरिएको घटनाहरु,प्रेमिकाले प्रेमिको हात समाएको घटना ,हात समाउदै आफ्नो प्रेमिकाले केतुकिको पातमा नाम लेखेर दिएको घटना सहित एक निश्वार्थ प्रेम टुटेपछी लामो समयको अन्तरालमा पुनः भेट भएपछि ती दिनहरुको यादलाइ सम्झेको यथार्थ घटनालाई भिडियो मार्फत उतारिएकोछ।
गाउँ घरका प्राकृतिक दृश्यहरु समेटेर अत्यन्त मेहनत पुर्बक निर्माण गरेको देखिन्छ ।यस गितको अडियो ,भिडियो गुणस्तरमाथी पनि ध्यान पुराएको देखिन्छ ।
लामो समयपछि श्रोता,दर्शक माझ आएको " लोक आधुनिक "यस गितले सबैलाई आफ्नो अतितका प्रेमलाइ झल्झल्ती याद दिलाउछ।
सम्बादाता
२०८१-०९-०९
701
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!