काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरद्ध भ्रष्टाचचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।
गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, वडा अध्यक्ष प्रशान्त तामाङ र उपभोक्ता समितिका अध्यक्षसहित ८ जनाविरुद्ध विशेष अदालतमा आयोगले मुद्दा दायर गरेको हो ।
गाउँपालिकाको वडा नं ४ बोराङ स्थित पागोमा देखि स्कूलसम्म शाखा सडक निर्माणमा अनियमितता गरेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएकाछ्न।
उनका अनुसार लागत अनुमान बमोजिम कार्य नभई काम भए गरेको कामलाई बढी गरेको देखाई प्राविधिक मूल्यांकन सहितको नापी किताब तयार एवं कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानी सम्बन्ध टिप्पणी र आदेशलाई सदर गरी १० लाख ८९ हजार ९ सय ८९ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको पाइएको हो ।
भ्रस्टाचारको कानुन बमोजिम हुने कार्बाही सहित जरिवाना बमोजिम बिगोको माग गरिएकोछ।
सम्बादाता
- २०८१-०९-०८
एक बर्ष अगाडि
नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस विशेष कार्यक्रम लुम्बिनी प्रदेशको बुटव
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!