कास्की प्रहरीले लेख्यो सभामुखलाई पत्र,रबिको साम्सद पद हुने भो निलम्बन
सम्बादाता
२०८१-०९-०८
378
Shares
७,पुष पोखरा ।रास्वपा सभापति रबि लामिछानेको सांसद पद निलम्बन हुने भएकोछ ।
कास्को प्रहरीको उच्च स्रोतका अनुसार प्रतिनिधिसभा सदस्य लामिछानेको पद निलम्बन गर्नका लागि सभामुखलाई पत्र पठाइएकोछ।
लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता भएकाले सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पत्र लेखेको हो ।
मुद्दाको अन्तिम किनारा नलागेसम्म साम्सद पद निलम्बन हुने कानुनी ब्यबस्था रहेकोछ।
अदालतमा अभियोगपत्र दायर भएपछि प्रहरीले त्यसको जानकारी सभामुखलाई दिनुपर्ने हुन्छ ।
पत्र प्राप्त भएपछि सभामुखले सांसद पद निलम्बन भएकोबारे प्रतिनिधिसभा बैठक चलिरहेको अवस्थामा सभामा जानकारी दिने र अधिवेशन नभएको अवस्थामा सूचना पाटीमा सूचना टाँस्नुपर्ने हुन्छ ।
लामिछानेको हकमा हाल प्रतिनिधिसभा अधिवेशन नरहेकाले सभामुखले सूचना पाटीमा सूचना टाँस्न लगाएसँगै सांसद पद निलम्बन हुनेछ ।
यो सगै अब राजनीतिले नयाँ मोड लिने अनुमान गरिएकोछ।
सम्बादाता
२०८१-०९-०८
378
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!