७ ,पुष, काठमाडौ ।चर्चित गायिका समिक्षा अधिकारिले एक युवाले आफ्नो चरीत्र हत्या गरेको भन्दै कानुनी उपचारको माग गर्दै साइबर ब्युरोमा उजुरी हालेकिछिन।
दिपु कान्छो नामक २१ हजार फेसबुक पेज फ्लोरस भएको ब्यक्ति विरुद्ध गायिका अधिकारीले उजुरी गरेकी हुन।
एआइको प्रयोग गरि एक पुरुषसग उनको चुम्बन गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो।उनलेे थाहा पाउन साथ आपत्ति जनाउदै शनिवार साइबर ब्यूरो पुगेकि थिइन् ।
साइबर ब्यूरो जानू अगाडी चेतावनी दिदै उनले भनेकी थिइन् - ‘एआई प्रयोग गरी मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाईरल गरेको देखें। यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंको वर्तमान र भविष्य उज्जल हुनेथियो। मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन। साइबर ब्युरो जाँदैछु भन्दै सामाजिक संजालमा पोस्ट गरेकी थिइन।
समीक्षा अधिकारी पछिल्लो समयकी व्यस्त गायिका हुन। मेला, महोत्सवदेखि विदेशसम्मका कार्यक्रममा उनको उच्च माग छ ।
अघिल्लो सातामात्रै उनी बहराइनमा आफ्नो प्रस्तुती दिएर स्वदेश फर्किइन भने स्वदेश फर्किएलगत्तै शुक्रबार बुटवल पुगिन् ।पुन:उनी युरोप जादैछिन ।
विभिन्न अप्ठ्यारा परिस्थितिलाई पार गर्दै अघि बढिरहेकी समीक्षाको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि अहिले यसको चौतर्फी बिरोध भैरहेकोछ र यस्ता कुकर्म गर्नेहरुको शिर कहिले उठ्न नसक्ने गरि कार्बाही होस भनी माग गरिएकोछ।
साइबर ब्यूरोले यस तर्फ आफ्नो कार्बाही अगाडि बढाइसकेकोछ।
सम्बादाता
- २०८१-०९-०८
एक बर्ष अगाडि
काठमाडौ।जनमैत्री बहुमुखी क्याम्पस ,कुलेश्वरले दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन काठमाडौमा आज
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!