हाम्रो देशको राजनीति कता जादैछ

हाम्रो देशको राजनीति  कता जादैछ

११, कार्तिक ,काठमाडौ ।राजनीति मुल नीति हो।जुन नितिले राज्य र जनतालाई खुशी राख्छ।के त्यस्तै छ त ?अहिलेको अबस्था।तर बिल्कुल छैन।

बर्षौदेखी जनतालाई विभिन्न ब्यवस्थाको नामको हबला दिदै आसा देखाउने काम आज सम्म पूरा भएकोछैन।

राणा,शाह,प्रजातन्त्र,लोकतन्त्र हुँदै गणतन्त्र सम्म आइपुग्दा जनताको अवस्था भने उस्तैछ।

अझ भनौ सामाजिक एकता ,सहिष्णुता,मानवताको शान्त हाम्रो समाजमा आच आएकोछ।

दण्डहीनताले नागेकोछ।बिधिको शासन भने पनि गरिब र निमुखा मारमैछन।हुने खानेको बर्गको रजाइँ भयो जहिलै,अहिले झनै नया बिचौलियाहरुले आम मानिसहरुलाइ बिचल्लीमा पारिदिएकाछन।

ब्यबस्था परिवर्तनमा ज्यान दिएका सहिद परिवार ,हजारौं अङ्ग भंग भएकाहरू र उनका आफन्तहरुको हरिबिजोक छ।

शिक्षा ,स्वास्थ ,रोजगार सिमित ब्यक्तिको हातमा जादा दैनिक जीवन कस्टकर बनिरहेको पनि बर्षौ भैसक्यो।

बाच्न पाउने अधिकार माथी राज्य अङ्कुस मात्र लाउन खोज्छ, बोलवालाहरुको राज चलिरहदा निमुखा टुलुटुलु हेर्ने बाहेक केही गर्न सकिरहेका छैन।

तीन तहको सरकार छ,तर ब्यथीति ,भ्रष्टाचार ,लुट धन्दा चलिरहेकोछ।राजनीति मुलनीति हो,राजनीति सफा छैन हाम्रो देशमा।एकले अर्काको सत्तोसराप गरेर पुस्तौ बितिसक्यो ।

राजनीति सस्कार छैन।उनैको हातमा शासन सत्ता आलोपालो गइरहेको हुन्छ,जो पन्चायतदेखि गणतन्त्र सम्म तर मारिएकाछन सोझासाझा जनता।

राजनीतिमा आएका युवाहरुलाई पनि बेरोजगार बनाउने ,बुढो बनाउने ,गफै गरेर खाने मात्र बनाउदा पछिल्लो पुस्ता राजनीति प्रती निराश बन्दै गइरहेकोछन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रहरी नायब महानिरीक्षकमा आठ जनाको बढुवामा सिफारिस
एक बर्ष अगाडि

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी नायव महानिरीक्षक पदमा आठजनाको बढुवा सिफा ...

छुटाउनुभयो कि ?

TOP