भुतपुर्व सैनिक प्रहरीको सामाजिक जिवनमा विशेष महत्व :प्रधानमन्त्री

११ कार्तिक ,काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलिले सामाजिक जिवनमा भुतपुर्व सैनिक ,प्रहरीको खास विशेष भुमिका हुने कुरा बताएकाछन।

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज आइतबार काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले उनीहरुको प्रशम्सा गर्दै सो कुरा बताएका हुन।

हाम्रा पू्र्खाले लडेर जोगाएको हाम्रो देश जोगाउन अहिले  लड्नु नपर्ने बताउदै उनले भने-मात्र हामी नबिकेर टिके काफी छ,यसमा हामी चटान झै अडिग छौ।

प्रधानमन्त्री ओलिले भुतपुर्व सैनिक र प्रहरीको आनिबानी,व्यबहार र अनुसाशनको खुलेर तारिफ गरेका थिए।

प्रधानमन्त्रीले राष्ट्रिय हितमा परि आउदा भुतपुर्व सैनिक प्रहरीहरले महत्वपूर्ण रोल खेल्नुपर्ने अवस्था आउन सक्ने कुरा समेत व्यक्त गरेका थिए।

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलिले भृकुटीमण्डपमा  प्रचण्डले हतियार बिसाएका मात्र हौ,चलाउन बिर्सेका छैनौ भनेर दिएको धम्कीको घोर भर्सना गरेका थिए।

त्यसैगरी रबि लामिछानेलाई कानुन बमोजिम कार्बाही हुने उनले धारणा राखे।

कार्यक्रममा प्रधानमन्त्रीले विशेष योगदान पुराएका भुतपुर्व सैनिक प्रहरीको सम्मान समेत गरेका थिए।

उक्त कार्यक्रममा सेना,प्रहरी,सन्चारमाध्यमको बाक्लो उपस्तिथि रहेको थियो।

आजको कार्यक्रममा बिशेष ब्यक्तीहरुले महत्वपूर्ण बिचार राखेका थिए।आफ्नो बिचार  राख्नेहरुमा अ.प्रा.उपरथी डा.पुर्ण सिल्वाल,अ.प्रा.प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ,अ.प्रा.शस्त्र प्रहरी पुस्पराम केसि,अ.प्रा.मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी र अ.त्री.बि.प्रोफेसर डा.लिला न्याइच्याइ थिए।

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी सङ्गठनका केन्द्रिय अध्यक्ष बिनोद पाण्डेले कार्यक्रममा स्वागत मन्तव्य सहित अध्यक्षता ग्रहण गरेका थिए।

नेकपा एमालेका केन्द्रिय स्तरका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो।अत्यन्त सब्य र भब्यताका बिच कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP