रबि लामिछानेमाथी रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसगै उनी अझै थप सड्ढटमा

९ कार्तिक काठमाडौ ।रास्वपा सभापति तथा पुर्ब गृहमन्त्री रबि लामिछाने बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट समेत पक्राउ पुर्जी जारी भएकोछ।

बिहिवार उनी सहित १२ जना विरुद्ध सङ्गठित अपराध गरेको भन्दै पक्राउ पुर्जी जारी भएको हो।सुप्रीम सहकारी पीडितको तर्फबाट हालिएको निवेदनको आधारमा यसरी पक्राउ पुर्जी जारी रहे सगै रबि लामिछाने थप सड्ढटमा परेकाछन।

सुप्रीम सहकारीको रकम गोर्खा मिडिया मार्फत खर्च गरेर सङ्गठित रूपमा अपचलन गरेको आरोपमा समेत लामिछाने माथी अब छानबिन हुने भएकोछ।हाल उनी कास्की जिल्ला प्रहरी कार्यलयको हिरासतमा रहेकाछन।

एक हप्ता अगाडि काठमाडौबाट पक्राउ गरि उनलाई पोखरा पुर्याएको थियो।प्रथम पटक ६ दिन र दोश्रो पटक बिहिवार ७ दिनको म्याद थपेर उनिमाथि सङ्गठित अपराध र सम्पती शुद्धिकरण बिरुद्ध मुद्दामाथी प्रहरीले छानबिन गरिरहेकोछ।

रबि लामिछाने पक्राउ परेसगै उनी पक्षधरले निरन्तर रिहाइको माग गर्दै आन्दोलन गरिरहेकाछन।

अदालतले गरेको छानबिनलाई आन्दोलन गरेर प्रभावित पार्न खोज्नु गैरकानुनी भएको भन्दै अन्य दलले त्यसको विरोध गरेकाछन।

प्रतिक्रिया

सम्बन्धित समाचार

दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी
4 घण्टा अघि

काठमाडौँ, माघ १५ - काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ । जिल्ला प्रहरी परि ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP