वीर अस्पतालले केक काटेर मनायो मानसिक स्वास्थ दिबस

२४ असोज काठमाडौ ।आज अक्टोबर १० , बिश्व स्वास्थ्य मानसिक दिबस।यस दिन र यसको पुर्ब सन्ध्यामा नेपालमा पनि विभिन्न तहमा विभिन्न कार्यक्रम गरि मनाइएकोछ।"यो दशैं मा मानसिक स्वास्थ्य दिवस आज :
"कार्यस्थलमा मानसिक स्वास्थ्यलाई प्राथमिकता ( Mental Health at Work Place ) "  मूल नाराका साथ संसारभर विश्व मानसिक स्वास्थ्य दिवस मनाइदै छ । आफ्नो कार्यक्षेत्रमा मानसिक स्वास्थ्य बारे खुलेर कुरा गर्ने वातावरण सृजना गरौं ,

वीर अस्पतालले पनि यस सम्बन्धि कार्यक्रम गरि मनायो ।खास गरि वीर अस्पतालको मानसिक स्वास्थ बिभाग अन्तर्गत संचालित मनोरोग ओपिडी ८ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा र बिश्व स्वास्थ मानसिक दिबसको उपलक्क्षमा केक काटेर मनायो।सो बिभागकि प्रमुख डा.लता गौतमले नया चिकित्सकको आगमनलाई स्वागत समेत गर्नु भएको थियो।

प्रमुख बरिस्ठ मुटु रोग विशेषज्ञ   डा.समीर पौडेल लगायत चिकित्सकहरुको समेत उपस्थिति रहेको थियो।मानसिक रूपमा स्वस्थ ब्यक्तिले आफ्नो क्षमताको पहिचान गरि दैनिक जीवन यापन गर्नको लागि विभिन्न परिस्थिति सामाना गर्दै उत्पादनशिल तथा प्रगतिशील जीवन यापन गर्न सक्छ।

नेपालमा मानसिक स्वास्थ सेवा २०१७ सालमा  पहिलोपटक वीर अस्पतालबाट सुरु भएको हो।बि.स.२०२२ सालमा मानसिक सेवा वार्ड सुरुभएको भएपनी २०४० सालमा सो सेवा रोकिएको थियो।३३ बर्षपछी पुनः मनोरोग ओपिडी सेवा २०७३ सालमा दुई अस्पतालको समन्वयमा सुरु भएर ८ औं बार्षिक उत्सब मनाउन पाउँदा आफू निक्कै उत्साहित र खुशी भएको बिभागिय प्रमुख डा.लता गौतमले बताउनु भयो।मानसिक बिरामी हरुको बारेमा सरोकारवालाहरुको बुझाइ सकारात्मक छैन।सबै प्रकारको मानसिक समस्यालाई एकै डालोमा राखी पागल भन्ने फरक व्यबहार समाजमा रहेकाले उपचार चुनौतीपूर्ण रहेको डा.गौतमको भनाइछ।

हालसम्म मानसिक स्वास्थ सेवाका लागि कानुन बन्न नसक्नु ,आबस्यक मात्रामा बजेट बिनियोजन नहुनू ,नितिगत तहमा छलफलले प्राथमिकता पाउन  नसक्नु यसका ज्वलन्त उदाहरण हुन।सबै नागरिकको मानसिक स्वास्थ खुशी र स्वस्थ समाजको आधार दिगो ,सहज र गुणस्तरीय सेवा सहितको उत्कृष्ट मानसिक स्वास्थ सेवा बिकास गर्नु,जनशक्तिको मनोबल र दक्षता बृदी गर्नु भाबी लक्ष्य रहेको डा. गौतमको  कथन रहेकोछ।

कार्यस्थलमा देखिने मानसिक स्वास्थ्य समस्या लाई समयमा नै पहिचान गरी हरेक क्षेत्रका कार्यस्थलमा हुनसक्ने मानसिक समस्याको बारेमा सचेत रहँदै मैत्री कार्यस्थल बनाउन आवश्यक छ! यसरी समृद्ध नेपालको अभियानमा योगदान पुर्याउन सकिन्छ

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP