आज छठपुजा ,मधेस लगायत सिङ्गारियो काठमाडौको आठ स्थान

आज छठपुजा ,मधेस लगायत सिङ्गारियो काठमाडौको आठ स्थान

२२,कात्तिक, काठमाडौं ।आज छठपर्बको मुख्य दिन हो। सूर्यको उपासना गरी मनाइन्छ छ्ठ। व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गर्दै अर्घ दिन्छन।

  रातभर जाग्राम बसेर भोलिपल्ट  बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।

तराई मधेसमा मनाउदै आएको छठ चाड अहिले देशै भर मनाइन्छ,छठ चाडलाई नेपाल सरकारले राष्ट्रिय चाड मानेर सार्बजनिक बिदा दिन थालेकोछ।

काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छ ।पुरै अहिले बेहुली सिङ्गारिए झै सिङ्गारिएकोछ। छठको पर्बको उपलक्ष्यमा  काठमाडौको आठ ठाउँमा छट घाट निर्माण गरिएकोछ।

काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको हो ।

निर्माण गरिएको स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको छ ।जनकपुरधामका धार्मिक एवं ऐतिहासिक सरोवरहरु गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायतको किनारमा श्रद्धालुहरू बिहानैदेखि पूजा सामग्री लिएर जम्मा हुन थालेका छन् ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरका सरोवरहरू सिङ्गारिएका छन् ।यस्तै ग्रामीण क्षेत्रका पोखरी, तालतलैया, र खोलाकिनारका जलाशयहरू पनि झकिझकाउ पारिएको छ ।

कतिपय ठाउँमा बिहानैदेखि त कतै अपराह्न पूजा सामग्री लिएर भक्तजनहरू जलाशय किनारमा भेला हुन्छन् । पोखरी नहुने क्षेत्रमा इनारहरू सजाएर छठ पूजा गर्ने परम्परा छ ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन् । पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले पनि छठ मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःखकष्ट हट्ने जनविश्वास छ ।

छठको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् ।सनातन हिन्दुहरु सबै मिलि छठलाई विशेष बनाउन सबै लागेको देखिन्छ।रेड मिडियाले पनि सबैमा शुभकामना दिएकोछ।



 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलि चार दिने चिनको भ्रमण सकेर आज स्वदेश फर्कदै
एक बर्ष अगाडि

२० मङ्सिर ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज दिउँसो का ...

छुटाउनुभयो कि ?

TOP