नेप्से १११ अंकले घट्यो

काठमाडौं । सेयर बजार मंगलबार  भारी अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १११.९६ अंकले घटेको हो । सो गिरावटसँगै नेप्से २७८२ अंकमा कायम भएको छ ।

कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा केही घटेको हो । अघिल्लो दिन १९ अर्ब ७४ करोडको 

कारोबार सुरु हुँदा केही सेकेण्ड बजार हरियो देखिए पनि दिनभर बजारमा बिक्रीकर्ता आत्तिए । जसले गर्दा खरिदकर्ताले चाहेकै मूल्यमा उनीहरूले बिक्री गर्दै गए ।

२० कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने एउटाको स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशत बढ्यो भने अरु सबै क्षेत्रका सूचक उच्च दरले घटे ।

बैंकिङ ४.९५, विकास बैंक ४.१८, फाइनान्स ४.६९, हाइड्रोपावर ३.९६, लगानी ४.१३, जीवन बीमा ३.६५, उत्पादन २.९३, माइक्रोफाइनान्स २.९६, निर्जीवन बीमा २.४५, अन्य ३.८५ र व्यापार समूहको सूचक २.१६ प्रतिशत घटे ।

 

 



 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP