४ असोज,काठमाडौ ।काठमाडौ महानगर पालिका शिक्षा बिभाग र नब जागरण सामुदायिक सिकाइ केन्द्रले आज शुक्रवार बिद्यार्थीहरुको लागि नेतृत्व तथा ब्याक्तित्व बिकास एक दिने तालिम सम्पन्न गरेकोछ।काठमाडौ महानगरपालिका वडा नम्बर १९ मा रहेको कङकेश्वरी आधारभूत बिधालयका कक्षा ४देखि ८ कक्षाका बिद्यार्थीहरुलाइ तालिम प्रदान गरिएकोहो।त्यसै बिधालय का प्रधानध्यापक बिना श्रेष्ठले महत्वपूर्ण कार्यक्रम बिधालयले पाएकोमा खुशी व्यक्त गर्नु भयो।काठमाडौ महानगर पालिका शिक्षा बिभागका अधिकृतद्वय लक्ष्मी अधिकारी र घनेस्वरी ज्यु आजको प्रमुख अतिथि हुनुहुन्थ्यो ।उहाहरुले ब्यानर पढेर उद्घाटन गर्दै अत्यावश्यक बिद्यार्थीको लागि यस कार्यक्रमको लाभ लिन सम्पुर्ण बिद्यार्थीहरुमा अनुरोध गर्नु भयो।बिल्कुलै बिद्यार्थीहरुमा मनोबैज्ञानिक बिधि द्वारा बिद्यार्थीहरुमा प्रशिक्षण गराउनु भएकी उद्घोषण प्रशिक्षक/मोटिभेटर /सन्चार्कर्मी /गायिका बिष्णु माया पौडेलको प्रशिक्षण तारिफ योग्य देखिन्थ्यो उहाँ आजको कार्यक्रमको सभापति तथा नबजागरण सिकाइ अध्यन केन्द्रको अध्यक्ष समेत हुनुहुन्छ ।त्यसैगरी युवा नेता रामप्रसाद रिजालले मोबाइलको प्रयोगले बिद्यार्थीमा पर्ने सकारात्मक र नकारात्मक प्रभावको बिषयमा प्रशिक्षण गराउनु भएको थियो।आजको कार्यक्रम सन्चालन तथा स्वागत मन्तव्य नागरिक पोष्टकि सम्पादक सबु बस्नेतले गर्नु भएको थियो।सोही कार्यक्रममा रेड मिडिया लगायतको पनि उपस्थिति रहेको थियो।
३ कार्तिक, काठमाडौ ।रास्वपाका सभापति तथा पुर्ब गृहमन्त्री रबि लामिछानेलाई प्रहरीले रातिनै पोखरा पुरा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!