बिश्व प्रसिद्ध भारतीय कथा बाचक अनिरुद्राचार्य जि महाराजले पशुपति कोटिहोममा मन छुने प्रबचन दिए

१९ साउन काठमाडौ ।आज शनिबार पशुपति कोटिहोम महायज्ञ  विशेष बन्न पुग्यो।खासगरि बिश्व प्रसिद्द भारतीय कथा बाचक अनिरुद्राचार्य जि महाराजको उपस्थितिले विशेष बन्न पुगेको हो।

उनी आजै काठमाडौ आइपुगेका हुन।अन्तर्राष्ट्रिय एयर्पोटमा अनिरुद्राचार्यको स्वागतमा महायज्ञ सड्ढल्पकर्ता श्री बालयोगेश्वर बिजय कृष्ण मुर्ती जि महाराज स्वयं पुगेका थिए।

भब्य स्वागतका साथ उनलाइ पशुपतिनाथको दर्शन गरेलगत्तै कोटिहोम कैलास  कुण्ड अबलोकनको लागि लगिएको थियो।बाजागाजा सहित कोटिहोम महायज्ञ बनकाली,हम्समण्डपमा भक्तजनहरुले पुस्पबृस्टीले स्वागत समेत गरेका थिए।

१५ मिनेटको आरामपछि अनिरुद्राचार्यले २७ मिनेटको प्रबचन दिएका थिए।उनको प्रबचन प्रत्येक मानिसको हृदय  छुने खालको थियो ।सन्चै हुनुहुन्छ ?भनेर नेपालीमा भासामा बोले लगत्तै परर ताली बजेको थियो। उनले पशुपति कोटिहोमका कारण आफू बृन्दाबनदेखी नेपाल आउन पाएकोमा बालयोगेश्वर श्री बिजयकृष्ण मुर्ति जि महाराजलाई धन्यवाद दिदै आभार प्रकट समेत गरेका थिए।

धर्म परिवर्तन गर्नु पाप भएको बताउदै उनले आफ्नो धर्ममा अडिग रहन सबैमा आग्रह समेत गरे। अंग्रेज़ले भारतका नागरिक बिच लडाउदा भारत अंग्रेज़को १०० बर्ष गुलाम बनेको स्मरण गराउदै  नेपालीहरुले यो कुरा  बुझ्नुपर्ने बताउदै आपसमा लडेर होइन जुटेर  अगाडि बड्नुपर्ने बताए।

आजै उनी भारत फर्केकाछन।उनी नेपाल परिवारको साथमा आएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP