काठमाडौ ।पशुपति कोटिहोम महायज्ञमा उल्लेख्य मात्रामा भक्तजनहरुको उपस्थिति सगै राष्ट्रीय/अन्तर्राष्ट्रिय रूपमा ख्याती प्राप्त कथा बाचकहरुको उपस्थितिले झनै महाउत्सबमा परिणत हुदैछ।शनिवार कोटिहोम विशेष बन्ने आयोजकले जानकारी दिएकोछ।
भारतका सु-प्रसिद्ध बिश्व बिख्यात कथा बाचक अनिरुद्राचार्यले शनिवार डेढ घन्टा प्रबचन गर्ने कार्यक्रम रहेकोछ।दिउसो १२ बजेदेखि १:३० बजे सम्म उनले प्रबचन दिनेछन।भोलि बिहान ९:३० बजे काठमाडौ आए लगत्तै पशुपतिनाथ दर्शन गरे पश्चात कैलास कोटिहोम पुगेर बनकाली हङ्समण्डप आइपुग्नेछन।
त्यसैगरि भोलिनै राष्ट्रीय रुपमा चर्चित कथा बाचक ईश्वर कृष्ण मुर्ति जि महाराजले पनि प्रबचन दिनेछन।हिन्दु जागरण अभियानका अध्यक्ष रामकृष्ण उपाध्यायले समेत प्रबचन दिने कार्यक्रम तय गरीएको छ।
नियमित कथा प्रबचन भने कान्ता भट्टराई ,चन्द्रकला सखी,निसान्त अधिकारी ,अमृतसरण देवाचार्य र अनुराधा पाण्डेले गरिरहेकाछन।उक्त महायज्ञमा बुद्धिजिबि ,समाजसेवी,उच्च पदस्थ ब्याक्तित्व साथमा गायक गायिकाहरुको पनि बाक्लो उपस्थिति रहने बताइएकोछ।
कोटिहोमको गरिमा बढाउन सम्पुर्ण श्रद्धालु भक्तजनहरुमा महायज्ञ सड्ढल्पकर्ता बाल योगेश्वर श्री बिजय कृष्णमुर्ती महाराज जी ले सबैमा अपिल समेत गरेकाछन।उनले भनेका छन "यो कार्यक्रम तपाईं हाम्रै कार्यक्रम हो यहाँ आउन कुनै धन पैसा बोकेर आउनु पर्छ भन्ने छैन यहाँहरुको पबित्र मन र साथ नै हामिलाइ अमुल्य छ" ।
भोलि श्रावण १९ शनिवार झन्डै ७ लाख मानिसहरु आउन सक्ने आकलन गरिएकोछ। मानव सेवा फाउन्डेसन नेपालले मामाघर आश्रम ,छोरीको घर जेष्ठ नागरिक आश्रामको भवन निर्माण सयोगार्थ संचालित ऐतिहासिक पशुपति कोटिहोम महायज्ञमा अद्भुत रुपमा भक्तजनहरुको उपस्थिति रहदै आएको छ।असार २८ गते देखि बिधिवत रुपमा पुर्वाङग गरि सुरु गरिएको कार्यक्रम श्रावण ३२ गतेसम्म संचालन हुनेछ।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया