पशुपति कोटिहोम बारे भ्रम छर्नेहरुको आयो घिन लाग्दो कर्तुत

काठमाडौ ।पशुपति कोटिहोम महायज्ञमाथी अनावश्यक बखेडा झिकेर अहिले यति बेला सनातन हिन्दु धर्ममाथी आक्रमण गरिरहेकाछ्न।

बिरोध गर्नेहरूमा गजडी,ट्यापे,सुधार केन्द्रमा पटक पटक बसेर घरपरिवार बाट बहिस्कृत सामाजिक अभियान्तादेखि समाजको लागि सिन्को नभाज्ने ब्यक्तिहरु छन जो सुनोयोजित ढङ्गबाट हिन्दु धर्म कमजोर पार्ने उदेश्य  बोकेर  लागिपरेका छन।जो परिचालित हुन।

उनिहरुले बिरोध गरेको देखिएपनि खासमा उनिहरुको मालिक  INGo को  हात रहेको बुझिएको श्रोतको दाबीछ।सिधै ब्यक्तिको चरीत्र हत्यामा उनिहरुले समुह बनाएर  हात धोएर लागेकाछन।

यो समूह पैसा खाएर काम गरिरहेको तथ्य बाहिर आएकोछ ।INGOको पैसा खान पल्केका केही युटुबर,सामाजिक अभियान्ता धारीहरु प्लानिङ गरि गरि समाचारको नाममा जनतामा दिग्भ्रमित गर्नमा तल्लिन छन।

रेड मिडियाको खोजतलासमा गम्भीर कुराहरु फेला परेकोछ।यहि समूह गत बर्ष धिरेन्द्र शास्त्री बागेश्वर धाम नेपाल आउदा यसैगरि हात धोएर लागि परेका थिए।

धिरेन्द्र शास्त्रीमाथी ठगदेखी अनेकौं झुटा आरोप लगाएर "बाहिरियो नसोचेको कुरा "ठग हुन धिरेन्द्र शास्त्री जस्ता घिन लाग्दा कुराहरु चिच्याइ चिच्चाइ बोलेर युटुबबाट प्रसारण गरिरहेका थिए त्यतिबेला पनि ।

यस्तै अहिले कोटिहोम जस्तो पबित्र महायज्ञ सन्चालन गरिरहेका बालेयोगेश्वर  श्री बिजय कृष्णमुर्ती महाराजमाथी कपोकल्पित झुटा आरोप लगाइरहेकाछन।मुख्य आयोजकमाथी ब्यक्ती चरित्र हत्यादेखी पैसाको चलखेल भयो भन्ने मनगणते कुराहरू गरिरहेकाछन।

बिजय कृष्ण मुर्ति महाराज ,देबि प्रतिभा ,राधिका दासी सबै तिनिहरुको नजरमा खराब छन।INGO को  पैसा खादै दोहरी साझ,नाइट क्लबको रमझममा रमाइरहेको  युटुबर,सामाजिक अभिन्ताको कालो कर्तुत बाहिरिदैछ।

तिनिहरुले  करोडौं INGO को पैसा तह लगाइरहेकाछन।मानौ यिनिहरु पैसा पाए जेपनि गर्छन।यिनिहरुमा धर्म भन्ने कुरा मनमा छैन।जब यिनिहरु काठमाडौ भित्रीए उनिहरु यस्तै यस्तै काम गरेर आफ्नो रोजिरोटि सेकाइरहेकाछन।

सुख सयलका निम्ति गाउँबाट काठमाडौ आएका तिनीहरुको जीवन महँगो ठाउँमा युटुब  अफिस सन्चालदेखि बसाइ पनि उस्तैछ।पैसाको कमि पनि छैन उनिहरुसग तर उनीहरुको आम्दानी श्रोत भनेको ब्ल्याकमेल धन्दा रहिछ।यो कुरा आम मानिसहरुले बुझ्न जरुरी भएकोछ।

 उनिहरुमा पत्रकारिताको ज्ञान समेत छैन।जे मन लाग्यो त्यही लेख्यो,जे मन लाग्यो तेहि बोल्यो।युटुबमा भिउज आएपछि केके न हो, मक्ख पर्दै भुइँमा न भाडामा भएका सबैका  एक एक कर्तुत अब छताछुल्ल हुदैछ।

देशको कानुन,पत्रकारिताको आचारसंहिता,मानव अधिकार ,संविधानको हेक्का नभएकाहरुले कोटिहोम र सनातन धर्मको बिरोध गरेकाछन।

अरुमाथी औंला उठाउनेको चरित्र बाहिर आउन जरुरी छ,करोडौं सनातन हिन्दू धर्ममाथीको आस्थामा प्रहार गर्नेमाथी हदैसम्म कार्बाही हुन जरुरीछ।धर्ममाथिको यस्तो घिन लाग्दो प्रहारले सामाजिक सद्भाव बिगारिरहेकोछ।INGO धारीहरुले जो कोहिलाइ पनि सिकार गर्न पछि पर्दैनन्।आम सनातन धर्मवालम्बिहरु यतिबेला चनाखो भै एक ढिक्का हुन जरुरी देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP