जताततै पानीको त्रास,जनजीवन प्रभावित

जताततै पानीको त्रास,जनजीवन प्रभावित

काठमाडौ । देशभरका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि वर्षा जारी छ। यस क्रममा विगत २४ घण्टामा काठमाडौँ उपत्यकाका पनि विभिन्न स्थानमा भारी तथा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ७:४८ बजे दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका एक स्थानमा धेरै भारी र ७ स्थानमा भारी वर्षा भएको हो। महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी ललितपुरको लेलेमा १२४.८ मिलिमिटर वर्षा भएको छ। सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन्।

यसैगरी ललितपुरकै गोदावारीमा ९५ मिलिमिटर, काठमाडौँको नैकापमा ८६ मिलिमिटर, काठमाडौँकै कीर्तिपुरमा ८५.६ मिलिमिटर, ललितपुरको टीकाथलीमा ६७.६ मिलिमिटर, काठमाडौँको पानीपोखरीमा ६१.२ मिलिमिटर, काठमाडौँकै बबरमहलमा ५८.४ मिलिमिटर र काठमाडौँकै धापड्याममा ५७ मिलिमिटर वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ।

 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बिश्व प्रसिद्ध भारतीय कथा बाचक अनिरुद्राचार्य जि महाराजले पशुपति कोटिहोममा मन छुने प्रबचन दिए
एक बर्ष अगाडि

१९ साउन काठमाडौ ।आज शनिबार पशुपति कोटिहोम महायज्ञ विशेष बन्न पुग्यो।खासगरि बिश्व प्रसिद्द भारतीय कथा ...

छुटाउनुभयो कि ?

TOP