असार २२ काठमाडौ ।मानव सेवा फाउन्डेसन नेपालले आज काठमाडौमा बाइक र्याली गरेकोछ।पशुपतिमा भेला भएर चाबहिल हुँदै चक्रपथ परिक्रमा गरि कलङ्की ,कोटेश्वर एयर्पोट हुँदै पशुपति पुगेर निर्धारित कार्यक्रम सम्पन्न गरेकोछ।इतिहासकै यस ठुलो कार्यक्रम काठमाडौ पशुपतिमा हुन लागेकोले काठमाडौबासिको आफ्नै कार्यक्रम भएकोले सम्पुर्ण काठमाडौ बासिलाइ चुलो निम्तो दिन मोटर साइकल र्याली गरिएको हो।
बिहानैदेखि घरबाहिर पानी परिरहेको भएपनी स्वैच्छिक ढंगले पानीको प्रबाह नगरी हजारौंको सङ्ख्यामा आम मानिसहरूको बाइक ,स्कुटर,गाडी सहितको उपस्तिथि रहेको थियो।साउन महिनाभरी पशुपतिमा गर्न गइरहेको कोटिहोम महायज्ञमा काठमाडौबासिलाइ चुलो निम्तोको लागि आज बाइक र्याली गरेको आयोजकले बताएकोछ।कोटिहोम महायज्ञको तयारी अन्तिममा पुगिसकेकोछ।
अत्यन्त राम्रो ब्यवस्थापनमा हुन गइरहेको महायज्ञमा आउने पाहुनाहरुको लागि सम्पुर्ण बन्दोबस्तीको ब्यबस्था मिलाइसकेकोछ।आक्रमण ढंगले देशैभरी प्रचार प्रसार गरेकोछ।चर्चित कथा बाचकहरुले बाचन गर्ने कथा श्रबण गर्न आयोजकले सम्पूर्ण भक्तहरुमा आमन्त्रण गरेकोछ।
साउन १ देखि ३२ गतेसम्म हुने बिराट महायज्ञमा सबै तह र तप्काका ब्यक्तित्वहरुको उपस्तिथि रहने आयोजकले बताएकोछ।मामाघर अनाथलय आश्रम ललितपुर र छोरिको घर जेष्ठ नागरिक आश्रम भक्तपुरको भवन निर्माण गर्ने उदेश्य राखी विशाल महायज्ञ गर्न लागिएको हो।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया