दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्री प्रचण्डलाई एमालेले दियो चेतावनी

दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्री प्रचण्डलाई एमालेले दियो चेतावनी

असार २० काठमाडौ ।नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न चेतावनी दिएकोछ।नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आज बिज्ञप्ती  जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई सचेत गराएको हो।

नेकपा एमालेले हिजो आफ्ना मन्त्रीहरुलाइ सरकारबाट राजिनामा दिन लगाएर प्रचण्ड सरकारलाई दिएको समर्थन समेत फिर्ता लिसकेकोछ।

नेकपा एमाले र नेपाली काङ्ग्रेस नया सरकार निर्माणमा अगाडि बढीसकेको हुनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर मुलुकलाई निकास दिनको लागि  पनि एमालेले  प्रधानमन्त्रीलाई आग्रह गरेकोछ।


अब बन्ने राष्ट्रीय सहमतिको सरकारमा माओवादी पनि सामेल हुनको लागि  एमालेले माओवादीलाई अनुरोध गरेकोछ।बर्तमान सरकार पुरै अल्पमतमा परिसकेको अबस्थामा प्रचण्डले बेलैमा यो कुरा बुझेर अगाडि बढे स्वयं प्रचण्डको लागि पनि हितमा हुने एमालेले बताएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP