एमालेका ८ मन्त्रीले दिए राजीनामा ,एमाले सरकारबाट बाहिरियो

असार १९ काठमाडौ ।नेकपा एमालेका ८ मन्त्रीहरूले राजीनामा दिएर प्रचण्ड सरकारबाट बाहिरिएकोछ।आज साझ प्रधानमन्त्री प्रचण्डलाई भेटेर उपप्रधानमन्त्री रघुबिर महासेठले  औपचारिक राजीनामा पत्र सहित एमाले सरकारबाट बाहिरिएको घोषणा गरेको  हो।बालकोटमा अध्यक्ष केपी ओलिले एमाले मन्त्रीलाई राजीनामा गर्न भनेपछि एमाले मन्त्रीहरुले राजिनामा दिएका हुन।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलि र नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा बिचमा आलोपालो प्रधानमन्त्री बन्ने ७ बुदे सहमति अनुरुप एमाले सरकारबाट बाहिरिएको हो।पहिलो कार्यकाल केपि शर्मा ओलि प्रधानमन्त्री हुने र बाकी डेढ बर्ष  शेरबहादुर देउवा  प्रधानमन्त्री हुने दुई दलको बिचमा सहमति भएको हो।उनिहरुले अब बन्ने सरकारमा रहने मन्त्रीको भागबन्डा समेत मिलाइसकेकाछन।

राजनीतिमा आएको  यस खाले परिवर्तनले प्रचण्ड सरकार अल्पमतमा परेकोछ।एमालेको हिजोको बैठकद्वारा प्रचण्डलाई सरकारबाट मार्ग प्रसस्त गर्न अनुरोध गरेको थियो।प्रचण्डले राजीनामा नदिएको हुनाले एमाले सरकारबाट बाहिरिएको श्रोतले बताएकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP