साथी तीज गित पशुपति कोटिहोमबाट शार्बजनिक,गितबाट हुने आम्दानी मानव फाउन्डेसन नेपाललाई दिने घोषणा

साउन १४ काठमाडौ ।बिष्णुमाया पौडेल युटुब च्यानलबाट आज सोमबार "साथी" बोलको तीज गितको भिडियो सार्बजनिक गरिएकोछ।पशुपति कोटिहोमबाट बाल योगेश्वर श्री  बिजय कृष्णमुर्ति महाराजको बाहुलीबाट गित बजाएर भिडियो सार्बजनिक गरिएको हो।

सार्बजनिक गरिएको "साथी गित "सगै उपस्थित भक्तजनहरु छमछमी नाचेर खुशी भएका थिए।।गायिका तथा सन्चारकर्मि बिष्णुमाया पौडेलले भिडियोबाट आउने सम्पुर्ण आम्दानी मानव सेवा फाउन्डेसन नेपाललाई हस्तान्तरण गर्ने बताउनुभएकोछ।

छोरी घर र मामाघरलाई सहयोग गर्ने उदेश्यले भएको कोटिहोम कार्यक्रममा आफ्नो तर्फबाट पनि सहयोग गर्न पाउदा गायिका बिष्णुमाया पौडेल ले खुशी व्यक्त गर्नु भयो।

सोही अबसरमा मानव फाउन्डेसन नेपालले कोटिहोममा साथी गितका मुख्य टिमलाइ सम्मान गरेकोछ।सम्मानित हुनेहरूमा गायिका बिष्णुमाया पौडेल ,वरिष्ठ इडिटर टेकेन्द्र शाह,छायांकार रामकुमार केसि ,मोडल सुस्मा सिंह ,ज्योतिष डा.राजकुमार सुवेदी,टोखा नगरपालिका वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ रहेकाछन।

 बिष्णुमाया पौडेलको शब्द रहेको गीतमा समिक्षा अधिकारी र बिष्णुमाया पौडेलको स्वर रहेकोछ भने भिडियोमा चर्चित मोडल आभा थापा र सुस्मा सिंहको नृत्य तथा अभिनय रहेको छ। गीतमा आर .बी. केसिको म्युजिक /निर्देशन अत्यन्त उत्कृष्ट देख्न सकिन्छ जुन गीतको एरेन्ज कृष्ण बाजुरालीको रहेको छ भने नृत्य निर्देशन दिपेश एस के को रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
एक घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP