टोखा नगरपालिकाले ल्यायो जनमुखी नीति तथा कार्यक्रम

असार १० कार्तिक ।टोखा नगरपालिकाले आगामी बर्ष २०८१/८२ को लागि १३६ बुदे प्रस्तावित निति तथा कार्यक्रम पास गरेकोछ।नगरबासिहरुको चाहाना बमोजिम नगरपालिकाले निति तथा कार्यक्रम निर्माण गरेको हो।

अघिल्लो बर्षभरी नगरले गरेको कामको समिक्षा  गर्दै आगामी बर्षमा गरिने निति तथा कार्यक्रमको  बुदाहरुमाथी छलफल गर्दै यस बर्षको नगर सभा सप्पन्न हुन पुगेको हो।
कानुन कार्यन्वायन ,नगरको आर्थिक बिकास ,सुशासन,प्रबर्द्धन ,सार्बजनिक सेवामा सुधार ,सरलीकरण ,नागरिक मैत्रीको स्थापना र बर्तमान प्रणालीमा सुधार गर्ने टोखा नगर शभाको मुख्य सड्ढल्प रहेको प्रशासकीय अधिकृत शेरबहादुर बिसिले रेड मिडियालाई जानकारी दिनु भयो।

अत्यन्त लोकप्रिय कार्यक्रम ल्याएर नगरसभा सम्पन्न गरेको टोखा नगरले सहकारी सस्थाहरुमा नियमित अनुगमन गरि  कडाइका साथ अगाडि बढ्ने र सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गरि बचतकर्ताको रकम सुरक्षीत राखिदिने जस्ता जनमुखी  कार्यक्रम  ल्याएर नीति तथा कार्यक्रममा समेटेकोछ

मेयर ,उपमेयर ,प्रशासकिय अधिकृत ,वडा अध्यक्ष  तथा नगर भित्रका सम्पुर्ण जनप्रतिनिधिको बिचमा  निति तथा कार्यक्रम माथी छलफल गरिएको थियो।जनताको सेवामा अत्यन्त संबेदनशिल टोखा नगरपालिकाले नगर सभामा नीति तथा कार्यक्रम ल्याउनु अगाडि सम्बन्धित पक्ष,टोखाबासिहरुको  राय सुझाव सड्ढलन गरेको थियो।नीति तथा कार्यक्रम सगै टोखा नगर पालिकाले आर्थिक बर्ष २०८१/८२ को बजेट ल्याएकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

स्थानीय निर्वाचन उम्मेदवारी दर्ता आज र भोली, यी १८ प्रतिबद्धता घोषणा गर्नुपर्ने
2 बर्ष अगाडि

ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...

छुटाउनुभयो कि ?

TOP