एस ई ई परिक्षाफल बिहीबार बिहान प्रकाशित हुने

एस ई ई परिक्षाफल बिहीबार बिहान प्रकाशित हुने

असार १२काठमाडौ ।राष्ट्रीय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यलयले बिहीवार बिहान  माध्यमिक शिक्षा परिक्षा (एस ई ई) को परिक्षाफल प्रकाशित गर्ने भएकोछ।

रेड मिडियासग कुरा गर्दै परिक्षा नियन्त्रक नन्दलाल पौडेलले सो कुरा बताउनु भएको हो।परिक्षाफल प्रकाशित लगत्तै बिहानको ९:३० बजे औपचारिक पत्रकार सम्मेलन गर्ने कार्यक्रम समेत रहेको परिक्षा नियन्त्रण कार्यलयले जनाएकोछ।

कार्यलयले त्रुटिरहित हिसाबले परिक्षा फल निकाल्ने अन्तिम तयारीमा आफुहरु जुटेको बताउदै नियन्त्रक पौडेलले सबै सहभागी बिद्यार्थीलाई  नतिजा प्रकाशितपछि कुनैपनी समस्या भएमा बिद्यार्थीले समयमै सम्पर्क राखी निवेदन दिन सक्ने बताउनु भयो।

आन्तरिक परिक्षा २५ ,बाह्य परिक्षा ७५ पुर्णाङकको नम्बर रहेको परिक्षामा बिद्यार्थीले पास हुन ३५ नम्बर अनिवार्य ल्याउनुपर्नेछ।३२ नम्बर मात्र प्राप्त गर्ने बिद्यार्थीले पुन:परिक्षा दिनुपर्ने हुन्छ।दुई विषयमा अनुत्तीर्ण रहेका बिद्यार्थीले पुरक परिक्षामा सहभागी हुन पाउनेछन।

रिजल्ट प्रकाशित पछि बिद्यार्थीहरुले तुरुन्तै थाह पाउन सकुन भन्ने उदेश्यले ईन्टरनेटमा कुनै पनि समस्या नआउनेगरी कार्यलयले आफ्नो तयारी गरेकोछ।

यस बखत देशैभरिका ४ लाख ६७ हजार ४५ जना नियमित बिद्यार्थीहरु परिक्षामा सहभागी भएकाछन।गत सालको चैत्र महिनाको १५ गतेदेखि  २७ गतेसम्म बिद्यार्थीहरुले एस ई ई परिक्षामा सहभागी भएका थिए।रेड मिडियाको तर्फबाट पनि सम्पुर्ण परिक्षामा सहभागी बिद्यार्थीहरुलाइ हार्दिक बधाई तथा शूभकामना।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP