असार ११ काठमाडौ ।रास्ट्रीय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यलयले आउने शुक्रबार भित्रै माध्यमिक शिक्षा परिक्षा (एस ई ई) को परिक्षाफल प्रकाशित गर्ने पुनः प्रतिबद्धता जनाएकोछ।
रेड मिडियासग कुरा गर्दै परिक्षा नियन्त्रणक नन्दलाल पौडेलले कार्यलयको तर्फबाट प्रतिबद्धता जनाउनु भएको हो।त्रुटिरहित हिसाबले परिक्षा फल निकाल्ने अन्तिम तयारीमा आफुहरु जुटेको बताउदै नियन्त्रक पौडेलले सबै सहभागी बिद्यार्थीलाई नतिजा प्रकाशितपछि कुनैपनी समस्या भएमा बिद्यार्थीले समयमै सम्पर्क राखी निवेदन दिन सक्ने बताउनु भयो।
आन्तरिक परिक्षा २५ ,बाहय परिक्षा ७५ पुर्णाङकको नम्बर रहेको परिक्षामा बिद्यार्थीले पास हुन ३५ नम्बर अनिवार्य ल्याउनुपर्नेछ।३२ नम्बर मात्र प्राप्त गर्ने बिद्यार्थीले पुन:परिक्षा दिनुपर्ने हुन्छ।दुई विषयमा अनुत्तीर्ण रहेका बिद्यार्थीले पुरक परिक्षा सहभागी हुन पाउनेछन।
रिजल्ट प्रकाशित पछि बिद्यार्थीहरुले तुरुन्तै थाह पाउन सकुन भन्ने उदेश्यले ईन्टरनेटमा कुनै पनि समस्या नआउनेगरी कार्यलयले आफ्नो तयारी गरेकोछ।
यश बखत देशैभरिका ४ लाख ६७ हजार ४५ जना नियमित बिद्यार्थीहरु परिक्षामा सहभागी भएकाछन।गत सालको चैत्र महिनाको १५ गतेदेखि २७ गतेसम्म बिद्यार्थीहरुले एस ई ई परिक्षामा सहभागी भएका थिए।रेड मिडियाको तर्फबाट पनि सम्पुर्ण परिक्षामा सहभागी बिद्यार्थीहरुलाइ हार्दिक बधाई तथा शूभकामना।
साउन ८ काठमाडौ ।नेपाल वैदेशिक रोजगार व्यावसायि संघका कार्यसमिति र श्रम ,रोजगार तथा सामाजिक सुरक्षा म ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!