७ दिने उद्घोषण तालिम सम्पन्न

काठमाडौ ।गौरीशंकर सरस्वतीनगर महिला समुह  र काठमाडौ महानगरपालिका वडा नम्बर ६ को सयुक्त आयोजनामा सरस्वतीनगरमा संचालित ७ दिने उद्घोषण  तालिम आज सोमबार सप्पन्न भयो।झन्डै ४० महिलाहरुको सहभागीता रहेको थियो।

तालिममा  लोकप्रिय सन्चारकर्मी  तथा  लोकप्रिय गायिका बिष्णुमाया पौडेलले उपस्तिथिहरुको मनोबिज्ञान बुझेर प्रशिक्षण गराउनु भएको थियो।कार्यक्रममा भाग लिएका विद्यार्थीहरुले आफुहरु बिष्णुमाया पौडेल जस्तो गुरु पाउँदा अत्यन्त खुशी लागेको भन्दै अनुभव मन्तब्य राखेका थिए । ७ दिनमा सिकेका कुराहरू आदनप्रदान गर्ने क्रममा उनीहरुले एडभान्स कोर्सको माग समेत गरेकाछन।प्रमाणपत्र ग्रहण गर्दै सहभागीहरुले अबसर पाए अब उद्घोषक बनेर कार्यक्रम चलाउने आत्मबिश्वास आफुहरुमा जागेको बताए ।

नगर सभामा वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु आज ब्यस्त हुदा  सरस्वतीनगर सुधार संघका अध्यक्ष पेसल कुमार पहाडिको  प्रमुख  आतिथ्यमा  प्रमाणपत्र बितरण कार्यक्रम सम्पन भएको थियो ।

कार्यक्रममा सस्थाको बरिस्ठ उपाध्यक्ष , समाजसेवीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।गौरीशंकर सरस्वतीनगर महिला समुहकी अध्यक्ष सावित्री बोगटी ,  कार्यक्रम सम्योजक तथा सस्थाकी सचीव तुलासा गौतम  प्रती प्रशिक्षणको अबसर दिनु भएकोमा प्रशिक्षक बिष्णु माया पौडेलले सबैमा आभार सहित धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा
2 घण्टा अघि

विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP