प्रधानमन्त्री प्रचण्डलाई चुनाब जिताउने जनताले पिउने पानी लिन अझै डोको बोकेर लाइनमा घन्टौ बस्नुपर्ने बाध्यता

गोर्खा ।गोर्खाको जुन क्षेत्रबाट प्रचण्डले चुनाब जिते,  त्यही क्षेत्रको जनताले खानेपानी समेत खान पाएका छैनन।गोर्खा जिल्लाको सदरमुकामको कुरा हो यो।बजार क्षेत्रमा बस्नेको त यस्तो हालत छ भने बाकी क्षेत्र अरु स्थानको त कुरै नगर्दा बेश ।चुनाव जिताउने जनता खानेपानी लिन डोको बोकेर हिड्ने गर्छन् ,पानीको लाइनमा घन्टौ बस्ने गर्छन।यहिका जनाताले भोट हाले प्रचण्डलाई भारी मतले जिताए।जिताउन पाएकोमा अत्यन्त खुशी पनि भए।अहिले उनी देशको प्रधानमन्त्री छन।प्रचण्डलाई प्रधानमन्त्री बनाउने  जनाताहरु  चुनावकै कारण स्थानीय स्थरमा बिग्रेको सम्बन्ध आजपनि उस्तैछ।त्यति धेरै खतरा मोलेर चुनाब जिताए।अहिले फर्केर आउदैनन गोर्खा ।चुनाव जितेपछि दुई पटक सम्म लाभालस्कर सहित आएका थिए।चुनाब मन्चहरुमा खानेपानी समस्या अन्त्य हुने बोलेका कुरा पुन :प्रतिबद्धता गरे  त्यतिबेला तर अहिले सबै कुरा बिर्से ।यहाको जनताले पानी समेत खान पाएका छैनन् । पानी त लाईनको धारामा आउंछ तर पिउन योग्य छैनन भन्छन स्थानिय बासिन्दाहरु ।स्वच्छ पानी त पाईएको छैन भने अन्य कुरा के पूरा होला भनेर यहाको जनता निरास भएका छन ।शिक्षा ,स्वास्थ ,रोजगार र बिकास त झन नारामै सिमित छ।गाउका युवा गाउँमा छैनन्।गोर्खा बजारमा रिन धन गरेर ब्यापार गरि बसेका युवाको भबिष्य छैन।निरास बनेर बसेका जनताले  चुनाव आएपछि देखाइदिने हो भनेर भन्छन् तर उल्टै फेरि दलहरूले  गठबन्धन गरेर जनतालाई देखाइदिन्छन।जनताले कुनै न कुनै उम्मेदवारलाई भोट हाल्नै पर्ने हाम्रो देशको चुनावी प्रणाली नेताहरुले संविधानमा उल्लेख गरेका छन।बाबुराम भट्टराईले पनि यहि क्षेत्रबाट चुनाव जिते,प्रधानमन्त्रीको लिस्टमा आफ्नो नाम थपे ।उनले पनि माखो मारेनन।यति बेला देशमा तिनवटा सरकार छन ,स्थानीय तह,संघ र प्रदेश ।केन्द्रदेखि गाउँ गाउँ सम्म  नेतै नेता तर जनताको चाहिँ बेथैबेथा । कहिले होला जनताले घरै बसेर पानी पाउने ? डोको बोकेर जानु नपर्ने ,घन्टौ लाइनमा बसेर पानी थाप्नकै लागि झगडा गर्नु नपर्ने ?गोर्खाका जनताले घरको धाराबाट स्वच्छ पानी खान पाउने कहिले त?

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP